असोज ३
मिलानोमा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सबै तीन गोल दोस्रो हाफमा भएको थियो । खेलको ५५औं मिनेटमा माटियो पोलिटानोले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाए ।

सर्जिनो डेस्टले पेनाल्टी बक्समा केभिचालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै नेपोलीलाई पेनाल्टी प्रदान गर्दा पोलिटानो चुकेनन् ।

६९औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि ७८औं मिनेटमा जियोभानी सिमिओनले मारियो रुइको पासमा गोल गर्दै मिलानलाई पहिलो हार चखाए ।

यस जितसँगै नेपोली ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि एटलान्टा गोल अन्तरमा पछि छ । पराजित मिलान १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय