ललितपुर । भ्याली फुटसल च्याम्पियनसिप अन्तर्गत गोदावरी नगरपालिका छनोट प्रतियोगितामा गोदावरी नगरपालिका ११ विजयी भएको छ।

राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगर किमिटीको आयोजनामा संघको ललितपुर जिल्ला सचिवालय सदस्य प्रह्लाद सिलवालको संयोजनमा आज भएको छनोट प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए। जस्मा वडा ११ ले वडा ३ लाई ट्राइबेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै गोदावरी नगरबाट छनोट हुन सफल भएको हो।

खेलको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले गरेका थिए। उद्घाटनको क्रममा नेता र युवाबिच मैत्री पुर्ण खेलसमेत आयोजना गरिएको थियो। कार्यक्रममा पूर्वप्रतिनिधिसभा सांसद नवराज सिलवाल, पुर्वप्रदेशसभा सांसद चेतनाथ सञ्जेल, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी १५ वटै टिमका १५० जना खेलाडीहरुले राष्ट्रिय युवा संघ नेपालको सदस्यता लिएका थिए। प्रतियोगिता अन्तर्गत आजै कोञ्ज्योसोम गाउपालिकाको समेत छनोट खेल सम्पन्न भएको छ। खेलको फाइनलमा कोञ्ज्योसोम वडा ४ नल्लुले वडा २ शंखुलाइ ३-० गोल अन्तरले पराजित गरि छनोट भएको छ।

प्रतियोगिताको छुट्टा छुट्टै खेलबाट बिजयी दुबै पालिकामा टिमका खेलाडीहरुलाइ संघका केन्द्रीय उपाध्यक्ष सिता सुवेदी, संघका केन्द्रीय सचिवालय सदस्य एवम् ललितपुर जिल्ला अध्यक्ष चिन लामाले प्रमाणपत्र बितरण गरेका थिए ।

१४ गते मदन भण्डारी जन्मोत्सवको अवसरमा शुरु भएको कार्यक्रम २३ गते सम्पन्न हुने संघका ललितपुरका अध्यक्ष चिन लामाले बताए। उत्यकाका तीनवटै जिल्लाको सवै स्थानीय तहका वडादेखी छनोट गरी एक पालिका एक विजेता छनोट हुनेछन्।

प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहने र विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन्।

उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०–१० हजार दिइनेछ। २२ गतेसम्ममा ललितपुर जिल्ला भरिका सम्पुर्ण पालिकाहरुको छनोट चरणको खेल सम्पन्न भइ २३ गते हुने उपत्यका ब्यापी खेलमा सहभागी हुने अध्यक्ष लामाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय