काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से सूचक ३ अंकले बढेर दुई हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । धितो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय