युएई । नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले डे बुकमा लेखिएको प्रारम्भिक खर्च विवरणलाई चुनावी खर्च भनेर गलत प्रचार गरिएको भन्दै त्यस्को खण्डन गरेका छन् ।

एनआरएनए एनसिसी नेपाल एसोसिएसन युएईको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक छलफलका लागि ड्राफ गरिएको खर्च विवरण कार्यसमितिबाट नै बाहिर जानू दुःखद भएको बताउँदै ढुंगानाले सस्थाको गरिमा, विधि र गोपनियतामा ध्यान दिन नवनिर्वाचित कार्यसमितिलाई ध्यानाकर्षण गराए ।

नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईले आजसम्म आधिकारिक रूपमा खर्च विवरण सार्वजनिक नै गरेको छैन । सामान्य जानकारीको लागि एउटा पनामा नोट गरिएको खर्च विवरणलाई चुनावी खर्च भनेर गलत र भ्रामक हल्ला फैलाईको छ । ढुंगानाले भने ‘केही मिडिया र सार्वजनिक संजालमा गलत प्रचार गरिएको छ, त्यसलाई नेपाल एसोसिएसन एनआरएन एनसिसी युएईले खण्डन गर्नेछ र छिट्टै आधिकारिक खर्च विवरण सार्वजनिक गर्नेछ ।‘

नेपाल एसोसिएसन एनआरएन एनसिसी युएई लाई विवादमा ल्याउन अझैपनि केही व्यक्तिहरु सक्रिय रहेको आफुलाई जानकारी भएको ढुंगानाले बताए ।

एनआरएनएका अग्रज नेतृत्वहरुलाई विवादमा ल्याउने र बदनाम गराउन खोज्ने काम भएको भन्दै निवर्तमान अध्यक्ष ढुंगानाले व्यक्तिगत कारोबार, सम्बन्ध र परिवारलाई समेत जोडेर गलत प्रचार गरिनु दुःखद भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय