काभ्रे ८ चैत्र । सांगीतिक जगतका मिलनसार गीत निर्माता एस. के. शिशिर लामा र कञ्चन शेर्पाको सहकार्यमा नयाँ ठट्यौली सेलो दोहोरी गीत ‘बैशमा आँखा देख्दैन’ सार्वजनिक हुने भएको छ।
यस गीतका गीतकार पृथक शब्दकार धनराज लामा हुन्, जसका अनुसार यो उनको ३२ औं गीतीय सिर्जना हो। गीतको संगीत संयोजन तथा ध्वनि मिश्रण अर्पण थिङले गरेका छन् भने स्वर गायक अर्पण थिङ र गायिका ल्हामु शेर्पाको रहेको छ।
गीतको विषय वस्तु तामाङ र शेर्पिनी युवा युवती बीच टिकटक लाइभमा भएको भेटघाट र त्यस पछि माया प्रेमको कुरा गर्दै जाँदा जात, धर्म र धन भन्दा पनि मन राम्रो हुनु आवश्यक छ भन्ने सन्देश दिने खालको रहेको छ।
गीतलाई आगामी शनिबार निर्माता एस. के. शिशिर लामाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिने घोषणा गरिएको छ।












