काठमाडौं — सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियममा कडाइ गर्दै नयाँ व्यवस्था लागू गर्ने भएको छ। आर्थिक ऐनमार्फत ल्याइएको प्रावधानअनुसार अब रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने भएका छन्।

सरकारले राइड सेयरिङका लागि प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई अब भाडाका सवारीका रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। यसका लागि यस्ता सवारी साधनले कालो नम्बर प्लेट अनिवार्य रूपमा लिनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार दर्ता हुने दुईपाङ्ग्रे सवारी साधनले वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ। साथै, राइड सेयरिङ सेवाबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर समेत लागू हुने व्यवस्था गरिएको छ।

हालसम्म निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटर प्रयोग गरेर राइड सेयरिङ सेवा सञ्चालन हुँदै आएको थियो। तर नयाँ कानुनी व्यवस्थासँगै यस्ता सेवा अब औपचारिक दर्ता प्रणालीभित्र ल्याइने सरकारको उद्देश्य रहेको छ।

सरकारको यो कदमले राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित, कर प्रणालीमा समेट्ने र राजस्व वृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय