एमाले धनकुटाकाे प्रथम पालिका स्तरीय अधिवेशन भव्य र सव्यताका साथ सम्पन्न भएको छ । ७ वाेटा पालिका मध्य ५ वटामा सर्वसम्मत र २ वटा पालिकामा भने अध्यक्ष का लागि निर्वाचन भएको थियोे  । प्रथम पालिका अधिवेशनबाट सर्वसम्मत निर्वाचित पालिका कमिटी का पदाधिकारीहरूकाे नमावली विवरण ,:
एमाले धनकुटा नगरकाे प्रथम अधिवेशन बाट अध्यक्षमा अर्जुन छाराहाङ, उपाध्यक्ष सिह तितुङ, सचिवमा चन्द्र कृष्णा ठकुरी रहेकाछन् भने त्यस्तै गरि पाख्रिबास नगरपालिका काे प्रथम नगर अधिवेशन बाट सर्वसम्मत शान्तिराम गाैतमकाे अध्यक्ष , उपाध्यक्ष लाेकेन्द्र घिसिङ , सचिव सिताराम राई , उपसचिव सराेज राई रहेकाे छ । त्यस्तै चाैविसे गाउँपालिकामा सर्वसम्मत  निर्वाचित अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया मगर, सचिव जीवन कटुवाल, उपसचिव देवकुमारी विश्वकर्मा रहेकाछन् । यस्तै सागुरिगढी गाउपालिकामा पनि सर्वसम्मत अध्यक्षमा बाल कृष्ण राई , उपाध्यक्षमा बिनय राई , उपाध्यक्ष सचिव पुर्ण खजुम उप सचीव जेबि राई , बेलेन्द्र राई रहेको छ । सहिद भुमि गाउपालिकाले पनि सर्वसम्मत कमिटी चयन गर्न सफल भएको छ । अध्यक्ष नीर बहादुर राई , उपाध्यक्ष मातृका राई , सचिवमा हेम कुमार राई रहनुभएकाे छ । त्यस्तै महालक्ष्मी नगरपालिका र छथरजाेरपाटि गाउपालिकामा अध्यक्ष पदमा निर्वाचन भएको थियाे । महालक्ष्मी नगर अध्यक्षपदका लागि किरण गिरि र ईन्द्र पाैडेल बिच निर्वाचन हुदा किरन गिरि 157 मतले बिजयी भएको छ । उनका प्रतिद्वन्द्वी ईन्द्र पाैडेलले १सय ४३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष युवराज पौडेल
सचिव भरत थापा उपसचिव क.मिलन बराल ,चुम ब मगर (जोनपावल)  रहेकाछन् । भने छथरजाेर पाटी गाउपालिकामा अध्यक्ष इन्द्र सारु मगर उपाध्यक्ष गोमा भण्डारी, सचीव निल बहादुर थापा उपसचीवहरू इ.दिवश पौडेल टीका थोक्लेन लिम्बु रहेकाछन् । अध्यक्ष पदका लागि ईन्द्र सारु र शिव श्रेष्ठ बिच मतदान भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय