धनकुटाकोमा ६० वटा वडा रहेको छ त्यसमा १ जना पाख्रीबास नगरपालिका वडा नं ९ बाट महिला वडा अध्यक्षकाे उम्मेदवारी परेको छ । ९ नं वडामा नेकपा एमालेको तर्फबाट सम्झना आले अध्यक्षको उम्मेदवार बनेकी हुन ।

क्याम्पस पढ्दापढ्दै अनेरास्ववियु बाट राजनीतिक यात्रा सुरु गरेकी आले । यश अघि साेहि वडा बाट महिला सदस्मा निर्वाचित जनप्रतिनिधि हुन । उनी ५ वर्ष सम्म नगरकार्यपालिका सदस्य भएर काम गरी रहदा स्थानीय सरकार चलाउने थुप्रै अनुभव हासिल गर्न सफल भएको र अबकाे दिनमा महिला पनि कार्यकारी प्रमुख पदमा आएर काम गर्न सक्छ भन्ने सन्देश दिनकाे लागि पनि आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो । जिल्लामा एकमात्र प्रमुख पदमा महिला उम्मेदवार बन्नु मेरा लागि जनताको हितमा पुरुषसरह कामगरेर देखाउने अवसर मिलेको सुनाउनु भयो । नेतृत्व गर्ने अवसर पाए जितेमा पाख्रीबास नगरपालिकाकाे ९ नं वडालाई जिल्लाकै नमुना वडा बनाउने याेजना रहेको बताउनुभयाे ।

नेकपा एमाले पार्टीबाट महिलाकाे वडा अध्यक्ष पदमा उम्मेदवारी परेपछि अहिले वडा नं ९ मा महिला मात्र नभई पुरुष पनि खुसी रहेकाे साेहि वडाका पार्टीको जिल्ला कमिटी सदस्य मालाती माेक्तानले बताउनुभयो ।
एमाले पार्टी प्रति ९ नम्बर बासी जनताको माया र विस्वाले कारण दिनदिनै जनलहर बढिरहेको र सम्झना आलेकाे टिम सहित सिंगो पाख्रीबास नगरपालिकाकाे जित सुनिश्चित भईसकेकाे जानकारी दिनुभयो ।

साथै हामीले यश अघि कार्यपालिका सदस्य भएर काम गरि सकेको र शिक्षित , अनुभवी र स्पष्ट वक्ता महिलालाई वडा अध्यक्ष बनाउन पाउदा पार्टीकाे गरिमामय र ऐतिहासिक निर्णय समेत भएको माेक्तानले बताउनुभयो ।















