• 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ललितपुरमा पार्टी एकता घोषणाका लागि तयार पारिएको नामावली पम्फा भुषालको दवावले फेरबदल भएपछि भाँडभैलो मच्चिएको छ ।
फेरबदल गरिएका धेरै नेता तत्कालीन माओवादी केन्द्रबाट आएकाहरु परेका तत्कालिन नेकपा एमालेका नेताहरुले बताएका छन् । यसअघि पनि अन्तिम नामावली बुझाउदा विवाद भएपछि तीन नम्बर प्रदेश अध्यक्ष नारायण दाहालले फिर्ता पठाइदिएका थिए ।
मंगलबार च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा एकताको घोषणा र शपथको कार्यक्रम राखिएको छ । सोही घोषणाका लागि केही नाम थपिएको र यसअघि राखिएका नाम हटाइएको हो ।
यसअघि प्रदेश अध्यक्ष दाहालले फिर्ता पठाएको नामावलीमा नेकपा नेतृ पम्फा भुषाल निकट अर्घाखाचीका सुशिल खनालको नाम दोस्रो नम्बरमा थियो । तर जिल्लाका नेताहरुको व्यापक दबाब आएपछि हरि दाहाल, राजकाजी महर्जन, शिव कट्टेल र दिनेश महर्जन जेठ २९ गते बैठक बसी माइन्युट नै गरी खनालको नाम हटाइएको थियो । तर अन्तिम नामावली पठाउने क्रममा पम्फा भुषालको दवाव आएपछि पाटी सचिव राजकाजी महर्जनले पवन केसीको नाम हटाएर खनालको नाम समावेश गरेको नेकपा स्रोतले खोजतलासलाई बताएको छ ।

  • 18
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here