• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सीमाको विषयलाई अदालतमा प्रवेश गराउन नहुने बताएका छन् ।

सर्वोच्च अदालतले नेपालको पूर्ण नक्सा पेस गर्न सरकारलाई दिएको आदेश विधिप्रति कोइरालाले आपत्ति जनाएका छन् । भूमि सम्बन्धी समस्या नितान्त कुटनीतिक र राजनीतिक तहबाट संवादमार्फत् समाधान गर्ने विषय भएको कोइरालाको भनाइ छ ।

सर्वोच्चले नेपालको आधिकारीक नक्सा अदालतमा पेश गर्न सरकारका नाममा बुधबार आदेश दिएपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएको हो ।

नेता कोइरालाले भूमि अतिक्रिमणरको विषयलाई अदालतमा प्रवेश गराएपछि त्यसले नकरात्मक मोड लिने सामाजिक सञ्जाल ट्वीट मार्फत् भनेका छन् ।

कोइरालाले लेखेका छन्, ‘कुटनीतिका यस्ता कुरामा हामी कहिले जिम्मेवार बन्नेरु यसले के दुरगामी असर पर्छ ?’

भारतले केही महिना अघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटेपछि नेपालमा भारतीय पक्ष विरुद्ध विरोध हुँदै आएको छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here