CPN-UML Vice-Chairman Bhim Rawal
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

कालापानी क्षेत्रमा भारतीय पक्षले सडक र बाटो निर्माण गरिरहेको विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसद भीम                रावलको सरकारलाई ध्यानाकषर्ण
काठमाडौं ,
नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक र बाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण गराएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराएको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताए।

सरकारले सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडी बढाउन आग्रह गरे। तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रसंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गरे। नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले त्यही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गरे।

  • 24
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here