•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौ,
बेइजिङ ,टियानजिन विश्वविद्यालयले कोरोना भाइरस कोभिड १९ को औषधि विकसित गरेको दा’बी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो’प विकसित गरिएको हो। उनी आफैंले चार मात्रामा औ’षधि से’वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै न’कारात्मक असर नपरेको प्राप्त समाचारमा जनाइएको छ।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्धन लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्ष’मता विकास गर्छ । विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।औ’षधि अत्यन्त सु’रक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्।

डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृ’त्यु र २४०० जनामा सं’क्रमण भएको छ। यस्तै ८० हजारभन्दा बढी सं’क्रमित छन्।

दक्षिण कोरियामा ८९० मा संक्रमण भइसकेको छ भने इरान तथा युरोपेली मुलुक इटालीमा सं’क्रमण दर बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रो’गलाई म’हामारी घोषणा गर्न ढिला भइसकेको बताएका छन्।

यसैबीच विश्व स्वास्थ्य सं’गठनको एक टो’ली इटाली पुगेको छ। ‘इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ । संगठनले भनेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर देखा पर्न थालेको छ।   sabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here