•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, चैत २१
विस्वभर माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण इटालीपछि स्पेनमा १० हजार भन्दा बढीको मृत्यु भएको छ । १० हजार भन्दा बढी व्यक्तिको स्पेनमा ज्यान गएको छ ।

स्पेनमा बिहीबार एकै दिन ९६१ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको हो । स्पेनमा एकै दिन कोभिड–१९ का कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो ।

स्पेनमा अहिलेसम्म एक लाख १२ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा कुल मृत्यु हुनेको संख्या १३ हजार ९१५ तथा अमेरिकामा ६ हजार ६२ रहेको छ ।
कुल संक्रमितको संख्या इटालीमा एक लाख १५ हजार २४२ तथा अमेरिकामा दुई लाख ४४ जहार ३२० रहेको छ। विश्वभर अहिलेसम्म १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या ५३ हजार १५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here