•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानवी तामाङ
धनकुटा जेष्ठ ।पाख्रीबास नगरपालिकाले सामाजीक दुरी कायम गर्दै रेबिज रोग विरुद्धको निशुल्क भ्याक्सिन कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत यसवर्ष पनि नगर भित्र नगरबासीले पालेका घरपालुवा कुकुर तथा विरालोमा रेबिज रोग विरुद्धको भ्याक्सिन खोप कार्यक्रम  हिजोबाट सुरुगरेको पशुशाखा प्रमुख गोरख तामाङ ले जानकारि दिनुभएको छ । पहिलो दिन वडा नं १ र २ मा स्थानियले पालेका १ सय ५० ओटा कुकुर तथा बिरालोलाई भ्याक्सिन लगाएको पशुशाखा प्रमुख गोरख तामाङ ले बताउनु भयो ।

निशुल्क रेबिज रोग विरुद्ध को भ्याक्सिन कार्यक्रम नगरको १० वटै वडा को विभिन्न ठाँउमाहरुमा केन्द्र तोकिएको र ती केन्द्र मार्फत जेष्ठ ९ गते सम्म भ्याक्सिन लगाउने कार्यक्रम रहेको प्रमुख तामाङ ले बताउनु भयो । नगरको १० वटै वडाहरुमार्फत १५ सय घरपालुवा कुकुर तथा विरालोलाई निशुल्क भ्याक्सिन लगाउने लक्ष्य लियको पशुसाखा कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here