•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा असार १२ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई पु¥याउने उद्धेशयका साथ धनकुटा नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ ।

त्यस्तै यो विमा कार्यक्रम प्रत्येक घरपरिवारका जुनसुकै उमेर समुह समावेश हुने धनकुटानगरपालीका मेयर चिन्तन तामाङले बताउनु भयो । साथै बिमा कार्यक्रम बाट सेवा सुवीधा पाउनका लागि ५ जनाको परिवार ले रु ३ हजार ५ सय बुझाउनु पर्ने छ भने त्यो बापत उनीहरुले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा सुबिधा पाउने व्यवस्था नेपालसरकारले गरेको बताउनु भयो । ५ जनाको परिवारलाई एउटा इकाइ मानियको छ । ५ जनाभन्दा बढीको सदस्य रहेको हकमा भने प्रती सदस्य ७ सय गरेर वार्षिक १ लाखमा २० हजारका दरले औषधी उपचारको सुविधा २ लाख सम्म थपिदै जाने मेयर तामाङ ले बताउनु भयो । ७० वर्ष पुगेका जेष्ठ नागरीक र एचआइभि एडस ,एमडिआरटिभि र लेप्रोसी लगाएत का विरामिले भने निशुल्क १ लाखको उपचार सेवा पाउने नगरपालिका को स्वास्थ संयोजक भोजराज भण्डारी ले बताए ।

त्यस्तै रातो कार्ड पाएका अपांगहरुले पनि स्वास्थय सेवा सुबिधा पाउनका लागि कुनै प्रिमियम बुझाउनु नपर्ने बताए । अति गरिब परिवारका हकमा भने अतिगरिबको परिचयपत्र पाउनेहरुका लागि कुनै पनि योगदान नचाहिन्ने नेपाल सरकार आफैले बीमा गर्ने व्यवस्थारहेको नगरका स्वास्थ्य संयोजक भण्डारीले जानकारी दिएको छ । धनकुटा नगरपालिकाको १० वटै वडामा यस अघि एक एकजना दर्ता सहयोगी छनोट भइसकेको र बिमा सम्बन्धि तालिम दिएर अहिले उनीहरुलाई नै बीमा एजेन्ट र अभिकर्ता को काम गरीरहेको नगरपालिकाको प्रवक्क्ता जम्सेर छाराहाङ राई ले जानकारीदिएको छ ।

उहाका अनुसार छनोट गरीएका सहयोगी अभिकर्ता घरघरमै गएर तथ्यांक संकलन र बीमाको विषयमा सर्वसाधरणलाई बुझाउने ,आवद्ध गराउने काम गर्ने बताउनु भयो । सहयोगि बाट संकलित तथ्यांकको आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण गरिन्ने नगरले जनाएको छ । यो बीमा गरिएका बिमित ले सामान्य देखि लिएर मुटुरोगि , मृगौला सम्बन्धि लगायत १० वटा रोग तथा स्वास्थ्य समस्याको सेवा लिन पाउनेछन् । यस अघि राष्ट्रिय बिमा बोर्ड बाट यो कार्यक्रम सञ्चालन भइरहेको थियो भने अहिले प्रादेशिक बिमा बोर्ड बाट सञ्चालन भइरहेको नगरले जानकारी दिएको छ । बिमित व्यक्तिहरु ले बिमा बोर्डले समन्वय गरेका हस्पिटल बाट परिचय कार्डको आधारमा सेवा सुवीधा प्राप्त गर्ने छ । जिल्ला अस्पताल धनकुटा, विविकोइराला धरान ,नोभेल हस्पिटल ,कोषि र विराट मेडिकल विराटनगर लगाएतका हस्पिटल बाट सेवा सुवीधा पाउने व्यवस्था गरीएको छ ।

नगरपालिकाको वडा नं ७ का जेष्ठ नागरीक संकर दाहाललाई बिमाको परिचय पत्र वितरण गर्दै नगरका मेयर चिन्तन तामाङले नगरमा यो कार्यक्रम असार ९ गते देखि सुभारम्भ गरेका थिए । असार महिना भित्र विमा गरिसककेकोले भभदौ देखी स्वास्थ्य सेवा सुविधा पाउनेछन । साउनदेखी उता गर्नेले मंशिर महिनादेखी पाउने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here