•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ /  काग्यूपा सम्प्रदायका प्रमुख वोधिसत्वको एक रुप श्रद्वये गुरु १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ औं शुभ जन्मोत्सव बौद्ध स्थित कर्मापा सेवा समाज नेपाल काग्यूपा गुम्बाहरु र हङकङ स्थित कर्मापा खेन्नो फाउण्डेशनले विविध कार्यहरु गरी मनाएका छन् ।

कर्मापा सेवा समाज नेपाल र कार्गोन कल्याणकरी समितिले पलदिक याक गुम्बामा पूजनीय डुपोन देछेन रेम्पोर्छे तथा पूजनीय डुपोन रेम्पोर्छेको उपास्थितिमा ग्याल्वाङ्ग कर्मापाको सु – स्वास्थ्य एवं दीर्घजीवनकोृ लागि पूजा , प्रार्थन गर्दै मण्डल चढाएको थियो भने दिउसो पूजनीय डुपोन देछेन रेम्पोर्छेको हातबाट साखु शलम्बुटार स्थित द्वन्द पीडित तथा अपाङ्ग समाज नेपालको,वालवालिकाहरुसगं केककाटी खाद्यान्न तथा नगद सहयोग गरी मनाएको छ ।

त्यस्तै हङकङ स्थित कर्मापा खेन्नो फाउण्डेशनको तर्फबाट श्रद्वये गुरु कर्मापाको शुभजन्मोत्सवको पावन अवसरमा बौद्ध स्तुपाको रंगरोगन र १००० दीप प्रज्वलन ग्िएको थियो ।

त्यसै गरी काग्यूपा गुम्बाहरुले आ – आफनो गुम्बामा पूजा प्रार्थनाको साथै वृक्षारोपण, विरुवाहरुको गोडमेल एवं सरसफाईका कार्यहरु गरी शुभजन्मोत्सव मनाएका थिए ।

कोभिड – १९ का कारण यस पटक सामाजिक दुरी कायम गरी यि कार्यहरु सम्पन्न गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here