•  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज १० गते । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

उच्च ज्वरो, खोकी र स्वास्प्रस्वास कठिनाइ भएपछि विराट मेडिकल कलेज विराटनगरबाट रिफर भए असोज ८ गते कोरोना संक्रमण पुष्टि भएका राजविराज ३ का ६३ बर्षीय पुरूषको गयराती साढे १ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जनाएका छन् ।

उनलाई भेन्टिलेटरमा राखेरे उपचारको क्रममा नै मृत्यु भएको हो । यो संगै प्रतिष्ठानमा कोरोना संक्रमृत मृत्यु हुने संख्या ३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here