• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

धनकुटा,

धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ ।
गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पु¥याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो । उहाले ‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्दछ । त्यसैले आफुलाई लागेको गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिएको सुझाव पेटिका मार्फत पठाउन सक्दछन् ।’ नागरिकहरुबाट आएको सल्लाह, सुझावको आधारमा आगामी दिनमा गाउँपालिकालाई नीति तथा कार्यक्रमहरु तय गर्न मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति भएको सोही गाउँपालिकाको वडा नं. ७ र ८ को अठारसय खानेपानी र आमडाँडा खानेपानी उपभोक्ता समितिहरुलाई ६ सय मीटर खानेपानीको पाइप पनि वितरण गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौबिसे गाउँपालिकाको ८ वटै वडामा विद्युतलाईको पहुँच भन्दा बाहिर रहेका अति विपन्न १ सय घरधुरी परिवारलाई सोलार सेट वितरण गरिएको छ । त्यस्तै विद्युत लाइन पुगेर पनि मीटर बक्स किन्न नसकेका ८० घरधुरीलाई ८० वटा मीटर बक्स, गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि ११ वटा आधारभुत तथा माध्यमिक विद्यालयलाई सिसी क्यामेरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रमाईलो कक्षा संचालनको लागि गाउँपालिकाका सबै विद्यालयका केजी र बाल कक्षाहरुलाई एलइडी टिभी ४७ थान र कक्षा–६ देखि १२ कक्षासम्मका छात्राहरुको लागि १३ हजार ५ सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनु भयो् । सो गाउँपालिकाले पढाईको गुणस्तर सुधार गर्नको लागि दुई वर्ष अगाडी देखि नै गाउँपालिकाको पुण्य मावि राजारानीमा अध्यायनरत साइन्स र होटल म्यानेजमेन्टमा अध्यायनरत छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here