•  
  •  
  •  
  •  
  •  
  •  
  •  

(एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामको जित ।
समर विन्डोमा अनुबन्ध भएका वेल्स स्टार ग्यारेथ बेलले दोस्रो हाफमा मैदान छिरेर निर्णायक गोल गरेपछि टोटनह्यामले जितको नतिजा निकालेको हो। आइतबार राति भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा ह्यारी केनले पेनाल्टीमार्फत शुरुआती गोल गरेका थिए। खेलको १२औं मिनेटमा ब्राइटनका खेलाडीले डिबक्समा ह्यारी केनलाई लडाएपछि रेफ्रीले भिएआरमार्फत टोटनह्यामलाई पेनाल्टी दिएका थिए। जसमा केनले गोल गरेर टिमलाई १–० ले अगाडि पारेका थिए। तर, ब्राइटन खेलको ५६औं मिनेटमा खेलमा फर्कियो। ब्राइटनका लागि टाक्र्वी लाम्पाटेले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here