प्लास्टर गरिएको घरको पिँडी । पिँडीमा बिच्छ्याइएको परालको गुन्द्री । गुन्द्रीमाथि परम्परागत ढुङ्गाबाट बनेको जाँतो । त्यही जाँतोमा मकै पिस्न व्यस्त हुनुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–३ केराबारीका चन्द्रप्रसाद श्रेष्ठ।

उहाँले परम्परागत जाँतोमा मकै पिस्दै गरेको देख्दारहेर्दा गाउँघरबाटै पछिल्लो समय हराउँदै गएको ढिकी, जाँतो संस्कृति र ग्रामीण परिवेश झल्किएको आभास गराउँछ । प्राय स् फुर्सदको समयमा उहाँ घरमा पालिएका भैँसी र बाख्राका कुँडोका लागि यसरी नै जाँतोमा मकै पिस्नुहुन्छ ।

‘मिलमा मकै पिस्नको लागि टाढा पुग्नुपर्छ । कहिलेकाहीँ विद्युतको समस्याले अन्न मिलमा पुर्याए पनि पिसानीमा समस्या हुन्छ,’ हातो घुमाउँदै उहाँले भन्नुभयो, ‘त्यसैले घरमा पालिएका भैँसीबाख्राको कुँडोका लागि जाँतोमा मकै पिस्दै छु।’

उहाँका दुई छोरा केशवलाल श्रेष्ठले व्यावसायिक बाख्रा पालन र अर्का छोरा राजीव श्रेष्ठले व्यावसायिक रुपमा भैँसी पालन गर्नु भएको छ । उहाँका अनुसार धान, मकै, कोदो लगायतका अन्न कुटानीरपिसानीका लागि केराबारीबाट भँगेरीसम्म पुग्नुपर्छ । मिलसम्म पुगेर कुटानी, पिसानी गरी घण्टौँको बाटो धाएर उकालो उक्लनुपर्छ । मिलमा सजिलो भए तापनि टाढा पुग्न समस्या भएकाले सकेसम्म घरमै जाँतोमा मकै पिस्ने गरेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय गाउँघरबाट ढिकी, जाँतोमा कुटानी, पिसानी गर्ने प्रचलन धेरै नै हराउँदै गएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमै मकै, कोदोको खेतीका साथै परिकारको उपयोग पनि हराउँदै गएको उहाँको अनुभव छ ।

‘गाउँगाउँमा विद्युतीय मिल छन् । छिटो, छरितो सजिलो हुने भएकाले पनि ढिकी, जाँतोमा अन्न पिस्ने चलन हराउँदै गएको छ,’ ६५ वर्षे श्रेष्ठले भन्नुभयो, ‘त्यसो त अहिले ग्रामीण क्षेत्रमा समेत मकै, कोदोको खेती हुनै छाडेको छ ।’

श्रेष्ठ परिवारले घरमा कुँडोका लागि आवश्यक मकै गाउँमै उत्पादन गर्दै आएका छन् । अहिले गाउँगाउँमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि परम्परागत ढिकी, जाँतोको प्रयोगमा कमी हुँदै आएको छ ।

जाँतोमा पिसेको अन्न स्वादिलो र स्वस्थकर

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै पानी घट्ट, ढिकी, जाँतो रहेकोमा अहिले लोप हुने अवस्थामा पुगेको छन् । ढिकी, जाँतोमा पिसेको खाद्यान्न पोसिलो र स्वादिलो हुने पुराना पुस्ता बताउँछन्।

‘मिलमा पिसेको मकै, कोदो मसिनो त हुन्छ । तर जाँतोमा पिसेको अन्न स्वादिलो र स्वस्थकर हुन्छ,’ उहाँले भन्नुभयो। पाको पुस्ताका अनुसार विद्युतीय मिलमा अन्न पिसाउँदा त्यति पोसिलो र स्वादिष्ट हुँदैन। तर अहिले मानिसहरूलाई स्वास्थ्यको लागिभन्दा पनि छिटो, छरितो चाहिने भएकाले प्राय स् धेरैले मिलको प्रयोग गर्दै आएका छन् ।

साभार उजयालो अनलाइल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय