धनकुटा बहुमुखी क्याम्पसका छात्राहरुमाथि अनलाईन कक्षामा सहभागि हुने क्रममा शिक्षक बाट अनलाईन भन्दा बाहिर व्यक्तिगत च्याटमा गई अश्लिल शब्द प्रयोगरी योन दुव्र्यवहार गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि यूनियनले एक विज्ञप्ति जारी गर्दै कारवाहिको माग गरिएको छ ।

कोभिड माहामारीको समयमा क्याम्पस बाट सञ्चालन गरिएको अनलाइन कक्षामा सहभागि हुने क्रममा स्नातक तह प्रथम वर्ष शिक्षाशास्त्र संकायमा भखरै भर्ना भएका छात्राहरुलाई गलत नजरले हेर्दै शारिरीक उत्पिडन हुने खालका अश्लिल प्रयोग गरी आंशिक शिक्षक राजन पौडेलले ग्रुप च्याट भन्दा बाहिर गई व्यक्तिगत च्याट मार्फत गरेको हर्कतको अबिलम्ब छानबिन गरि कानुन बमोजिम कारवाही गर्न क्याम्पस प्रशासन संग माग गरिएको छ ।

महिला हिंसा सम्बन्धि साईबर अपराध र एउटा शिक्षक अविभावकले जुन प्रकारको गलत हर्कत देखाएका कारण सो विरुद्ध आवाज उठाउदा निज शिक्षक पौडेलले उल्टै विद्यार्थिलाई धाक धम्कि दिने गरेको भन्दै तत्काल मागलाई सम्बोधन नगरे संगठनले कडा भन्दा कडा आन्दोलनमा उत्रन बाध्य हुने क्याम्पसका अनेरास्ववियु क्याम्पस  संयोजक बसन्त राईद्धरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय