धनकुटालाई एभोकाडो उत्पादनले आर्थिक रुपमा आत्निर्भर वनाउने संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले बताउनु भयो । धनकुटा नगरपालिकामा शनिबार देखि सुरु भएको दोश्रो एवोकाडो महोत्सवको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले यस्तो बताउनु भएको हो । उहाले धनकुटा नगरपालिकामा मात्र नभएर जिल्लाको अन्य स्थानिय तहहरुमा पनि एवोकाडोको व्यवसायिक खेती गरेर धनकुटा जिल्लालाई आर्थिक रुपमा सवल र सक्षम वनाउने दावी गर्नु भयो । राईले एभोकाडोको व्यवसायिक खेतीमा अनुशन्धान र रिशोर्ष जोडिन सक्यो भने मात्र एवोकाडोको वजारिकरण हुने भएकाले त्यस तर्फ ध्यान दिन सम्पुर्ण किसानहरुलाई आग्रह गर्नु भयो । उहाले एवोकाडो फललाई गुणस्तरिय वनाउनको लागी प्राविधिक ज्ञान भएका दक्ष किसानहरुले एवोकाडो किसानहरुलाई तालिम दिनु पर्नेमा जोड दिनु भयो ।


सुन्तलाको लागि नाम कहलिएको धनकुटा जिल्लामा पछिल्लो समय अन्य नयॉ फलफुलतर्फ कृषकको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको छ । जसमध्ये एभोकाडो पहिलो श्रेणीमा परेकोले एभोकाडोको राजधानी घोषणा गरेर महोत्सव आयेजना गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले महोत्सवको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै वताएका छन् । नगरसभाले मेयर कृषि पर्यटन कार्यक्रम अन्तर्गत एभोकाडोको राजधानी र ड्रागनफल फलको विशेष पकेटक्षेत्र औपचारिक रुपमा पारित गरेर कार्यक्रम अघि वढाइएको प्रमुख तामाङले जानकारी दिएका छन् । नगर प्रमुख तामाङले एबोकाडो र ड्रागनफलको राजधानी तथा विशेष पकेटक्षेत्र घोषणा गर्नु अघि धनकुटा नगरपालिकाका कृषि अभियान्ता भएर काम गरेका जीवन राई नगद ५ हजार सहित दोसल्ला, सम्मानपत्रले सम्मान गर्नु भएको थियोे ।
सो अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरका प्रमुख डा.राजेन्द्र उप्रेतीले धनकुटाको एवोकाडोलाई मदरवोडको रुपमा ल्याउने प्रयास गरिहेको वताए । उहाँले धनकुटा नगरपलिकाकामा एवोकाडो र पाख्रीवास नगरपालिकामा कफीमा सहकार्य गरेर काम गरिहेको बताउनु भयो । सो अवसरमा धनकुटा प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले धनकुटा नगरपालिकाका आफ्नै नर्सरी रहेको र आ.व.०७७÷०७८ मा ६० हजार भन्दा वढी एवोकाडोको विरुवा वितरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले एवोकाडो क्षेत्रमा काम गर्न थाले पछि पार्क निर्माण गरेको, एशिया महादेश मै पहिलो पटक एवोकाडो महोत्सव आयोजना गरिएको दावी गर्नु भयो । नगरपालिकाले एवोकाडोको व्यवसायिक खेतीको लागी विविध कार्यक्रम ल्याए पछि नगर क्षेत्रका किसान उत्साहित भएको प्रमुख प्रशासकिय अधिकृत थापाले वताउनु भयो । उहाले धनकुटा नगरपालिका वडा नं.४ स्थित् स्कुल डाँडामा राजकुमार तामाङको वारीमा एउटा एवोकाडोको वोटबाट ३ लाख मुल्य वरावरको फल उत्पादन भएको दावी गर्नु भयो । उहाले हालसम्म धनकुटा नगरपालिकाले एवोकाडो कार्यक्रम संचालनको लागी ७१ लाख रुपयाँ खर्च गरिसकेको थापाले जनाएका छन् । धनकुटामा हिजो आज १७ प्रजातिको एवोकाडो पाईने दावी गर्नु भयो ।

त्यसैगरी सो अवसरमा पाख्रीवास कृषि अनुशन्धान केन्द्रका प्रमुख डा.गोविन्द तिम्सीनाले पाख्रीवासमा एवोकाडो आज भन्दा ३०–३५ वर्ष पहिले रोपिएको वताए । उनले एवोकाडोको राम्रोसंग अनुशन्धान गरेर नर्सरी उत्पादन नगर्ने हो भने सफल हुन नसक्ने दावी गरे । जस्का लागी धनकुटा नगरपालिका र कृषि अनुशनधान केन्द्र विच सहकार्य गरेर एवोकाडोको क्षेत्रमा काम गरिरहेको वताउनु भयो ।
धनकुटा नगरपालिकाको वडा नं.१ देखी १० सम्मको विभिन्न वडामा ६० हजार देखी १ लाख बढी एभोकाडोको बिरुवा हाल नगर क्षेत्रका कृषकहरुले रोपेका छन् । धनकुटा नगरपालिका क्षेत्रमा बार्षिक रुपमा ९० मेट्रिकटन एभोकाडो उत्पादन हुने गरेको जनाईएको छ । नगर क्षेत्र भित्र ५ हजार ७ सय ६४ एभोकाडोको बोटबाट फल उत्पादन भइरहेको छ । बार्षिक रुपमा ९० हजार ७ सय ५० केजी भन्दा वढी एवोकाडो फल उत्पादन भएको छ भने यसबाट कम्तिमा एक करोड बढिको कारोवार हुने गरेको छ । धनकुटा नगरपालिका क्षेत्रलाई एबोकार्डको राजधानी घोषणा गरिएपछि अघिल्लो वर्ष देखी लाखौं लाख एवोकाडोको बिरुवा रोप्नको लागी कृषकलाई अग्रसर गराइएको छ ।

आगामी ५ वर्ष भित्र धनकुटा नगरपालिका क्षेत्रमा ३ लाख एबोकार्डको विरुवा रोपी सक्ने पनि नगरपालिकाले कार्ययोजना अघि सारेको छ ।
धनकुटा नगरपालिका एवोकाडो कृषक समुहको अध्यक्ष खेमराज थापाको अध्यक्षतमा सम्पन्न धनकुटा नगरपालिका दोश्रो एवोकाडो महोत्सवको उद्धघाटन सत्रमा प्रदेश माननिय निरेन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहान, उधोग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, सम्मानित व्याक्तित्व कृषि अभियान्ता जीवन राई, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास लगायतले सम्वोधन गरेका थिए । महोत्सवमा ३२ वटा भन्दा वढी एवोकाडोको स्टल राखिएको छ । महोत्सवमा एवोकाडो किन्न, चाख्न, एवोकाडो जाम, चप, तेल, घिउ पाईने आयोजकले जनाएको छ ।

धनकुटाको एबोकाडो काठमाण्डौं, पोखरा, विराटनगर, धरान लगायत विभिन्न शहरहरुमा जाने गरेको छ । धनकुटा वजारसम्म निकाल्दा पनि प्रति केजी २ सय ५० देखी ५ सय ५० सम्ममा विक्रि हुने गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकाडोको खेतिलाई आधार मानेर धनकुटा नगरमा सनिवार दुई दिने दोश्रो एवोकाडो महोत्सव आयोजना गरिएको हो ।
धनकुटा नगरपालिका एवोकाडो कृषक समुहको आयोजना र धनकुटा नगरपालिका कार्यालयको सह–आयोजनामा २ दिने एवोकाडो महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय