नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाले एक कार्यक्रमका बिच क्यानसर पिडित मिना मगरलाई ३५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रबिन खड्गीले नगरको कोषमा रहेको रु ३५ हजार नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाका उपाध्यक्ष ईन्द्र वहादुर लुङगेली मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

उपाध्यक्ष ईन्द्र लुङगेली मगरको धर्म पत्नि मिना मगर लामो समय देखि जिब्रो र घाटिको क्यान्सरका कारण हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचरात हुनुहुन्छ । सोहिक्रममा नगर सचिव दालामु शेर्पाले रु २ हजार , नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष पार्वति राई बाट रु १५ सय , फोनिज निवर्तमा जिल्ला अध्यक्ष सन्तविर लामा रु १ हजार ,नागरीक समाज धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ रु २ हजार र फोनिज जिल्ला उपाध्यक्ष मानवी मोक्तान रु ५ सय सहयोग गरेकाछन् ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाको तर्फबाट रु ३५ हजार र अन्य सहयोगीहरु बाट सात हजार गरी जम्मा ४२ हजार आर्थिक सहयोग गरिएको छ । लामो समय देखि नेपाल मगर संघ , नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाको उपाध्यक्ष भएर काम गरिरहेका थिए ।

निम्न र सामान्य आर्थिक स्थिति रहेको मगरको हाल श्रीमतीको क्यान्सर रोग उपचार गर्नका लागि लाखौ खर्च लाग्ने भएपछि उहाले अन्य सहयोगी माहानुभावहरुलाई पनि सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय