किम किम जङ(अनको उत्तर कोरियामा शासन गर्न थालेको १० वर्ष पूरा भएको छ। यो अवधिमा उनको जति समाचारमा स्थान अरू केही नेताले मात्र पाएका छन्। तिनै किम जङ(अनको शासनमा बस्दा कस्तो अनुभव हुन्छ होला प्योङ्‌याङका सडकभरि शोकाकुल मानिसको कोलाहल सुनियो। विद्यालयको पोसाक लगाएका विद्यार्थीहरू डाँको छोडेर रोइरहेका थिए। महिलाहरू टाउकोमा हात राखेर शोकमग्न भएको देखियो।

राज्यबाट नियन्त्रित उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले ूप्रिय नेताू किम जङ(इलको ६९ वर्षको उमेरमा निधन भएको घोषणा गर्‍यो। त्यो सन् २०११ को डिसेम्बर १९ को दिन थियो। विश्वभरिका कोरिया मामलाका विश्लेषकहरू एक व्यक्तिबारे दस्तावेज खोज्न दौडिए। ती व्यक्ति थिए किम जङ(अन।

हिउँद नजिकिँदै गर्दा उत्तर कोरियामा ठूलो भोकमरीको विवरण , चीनको जेलबाट भागेका उत्तर कोरियाली युवक ४० दिनपछि पक्राउ
केवल २७ वर्षको उमेरमा उनी ुमहान् उत्तराधिकारीु बन्न पुगेका थिए। तर त्यति बेला कमै मात्रले उनी सफल हुने अनुमान गरेका थिए। उमेर र अनुभवलाई पुरस्कृत गर्ने समाज यो दुवै नभएको व्यक्तिबाट कसरी शासित हुनसक्छ धेरैले सैन्य कू हुने वा सम्भ्रान्त वर्गले सत्ता लिने अनुमान गरे। तर विश्वले ती युवा तानाशाहलाई कम आकलन गरेको थियो। किन जङ(अनले आफ्नो स्थानलाई बलियो मात्रै बनाएनन्, उत्तर कोरियालाई ूकिम जङ(अनवादूको नयाँ युगमा पनि प्रवेश गराए। उनले आफ्नो कार्यकालको आरम्भ प्रतिद्वन्द्वी दबाउन र सफाया गर्न केन्द्रित गरे। त्यसपछि उनको ध्यान विदेश मामिलामा मोडियो। उनको कार्यकाल चारवटा परमाणु परीक्षण र १०० बलिस्टिक क्षेप्यास्त्र प्रहारसँगै अमेरिकी राष्ट्रपतिसँगको वार्ताले चर्चामा रह्यो। तर अब उनको परमाणु परीक्षण किनारा लागिसकेको छ। उत्तर कोरियामा सङ्कट गहिरिँदै गएको छ र उनले कार्यकाल सम्हाल्दाको अवस्थामा भन्दा गरिबी बढेको छ।

त्यसोभए उनीबाट शासित भएर बस्दा कस्तो अनुभव हुन्छ तरु

एक वरिष्ठ कूटनीतिज्ञसहित उत्तर कोरिया छोडेका १० जना किम जङ(अनको शासनबारेको अनुभव यसरी सुनाउँछन्।

नयाँ सुरुवात
आफू विद्यार्थी छँदै किम ग्युम(ह्योकले एउटा यस्तो काम गरे जसको कारण उनलाई गोली हानिन सक्थ्यो।

उनले त्यस दिन भोज दिएका थिए। ूत्यो एकदमै जोखिमयुक्त काम थियो। तर हामी त्यस बेला निकै खुसी भएका थियौँ,ू ह्योकले सुनाए। उनले स्की र बास्केटबल खेल्न मन पराउने एउटा युवा नेतृत्वमा आउँदा नयाँ विचार र परिवर्तन आउने अपेक्षा गरेका थिए।

किम जङ अन
हामीलाई किम जङ(अनसँग अपेक्षा थियो। उनी युरोपमा पढेका थिए र उनको सोचाइ हामीजस्तै होला भन्ने लागेको थियो,उनले भने।

सम्भ्रान्त परिवारका सदस्य भएका कारण किम ग्युम(ह्योकले चीनमा पढ्ने अवसर पाएका थिए। उत्तर कोरियामा कमैले त्यस्तो अवसर पाउँथे।

चिनियाँ जीवनशैलीले उनलाई समृद्ध संसारबारे थाहा भयो र इन्टरनेट आफ्नो देशबारे खोजी गर्न सुरु गरे।

सुरुमा त मलाई विश्वासै लागेन। पश्चिमाहरूले झुट बोलिरहेका छन् जस्तो लाग्यो। यस्तो हेर्न हुँदैन भन्ने लागे पनि मनले मानेन,ू उनले भने।

उत्तर कोरियाको दुई करोड ५० लाख जनसङ्ख्या राज्यको कडा नियन्त्रणमा बस्छ। अधिकांश मानिसलाई न विश्वका घटनाबारे केही थाहा छ न बाहिरी विश्वले उनीहरूको देशलाई कसरी हेर्छ भन्ने हेक्का छ।

किम जङ(अन( प्योङ्याङका राजा ( द्यद्यऋ ल्भधक ल्भउबष्
िकिम जङ(अनले बहिनीलाई किन गरे थप शक्तिु हस्तान्तरण
उनीहरूलाई नेता ईश्वरको उपहार हुन् र उनले जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने मात्रै सिकाइएको हुन्छ।

किम ग्युम(ह्योकलाई युवामा सत्ताको उत्तराधिकार आउँदा उत्तर कोरियामा कमै पाइने आशाको सञ्चार भएको थियो।

शङ्का गर्नेहरू
तर अरू मानिसमा संशय थियो। प्योङ्याङमा किम जङ(अन शासन गर्न अयोग्य भए पनि विरासतमा सत्ता पाएको खासखुस थियो।

कुवेतका लागि उत्तर कोरियाका पूर्वराजदूत र्‍यु ह्युन(वूले किम जङ(अनलाई सत्ता दिइएकोमा आफ्ना साथीहरू असन्तुष्ट रहेको बीबीसीलाई बताए।

एउटै सम्भ्रान्त परिवारमा सत्ता पुस्तान्तरणबाट उत्तर कोरियालीहरू थकित भइसकेका थिए। हामीले केही नवीन काम होस् भन्ने आशा गरेका थियौँ,उनले भने।

सन् १९४८मा उत्तर कोरियाको स्थापना भएदेखि किम परिवारले यो देशमा शासन गरिरहेको छ। उत्तर कोरियालीहरूलाई किम परिवारको रगत पवित्र भएको र यहाँको सत्ता हस्तान्तरणको उपयुक्त विधि यही हो भनिएको छ।

उत्तर कोरियाली नेता किमद्वारा ुअजेय सेनाु बनाउने प्रण
उत्तर कोरियासँग कस्ता र कति हतियार छन्
ूहामीलाई भनिन्थ्यो कि प्रिय नेताको हामीले सधैँ सेवा गर्नुपर्छ, उनले भने।

ूएउटा २७ वर्षको मान्छेलाई देशको शासन गर्ने मामिलामा के नै थाहा हुन्छ र। त्यो हास्यास्पद थियो।ू

एउटा वाचा
सन् २०१२ को एउटा भाषणमा उत्तर कोरियाली नयाँ नेताले अब आफ्ना नागरिकहरू भोको पेट बस्नु नपर्ने उद्घोष गरे।

सन् १९९० को दशकमा लाखौँ मानिसहरूको ज्यान जानेगरी भएको भयानक भोकमरीबाट प्रताडित भएको देशका लागि नयाँ नेताको यो वाचाले धेरै मानिसहरूको खाद्यसङ्कट र समस्याको समाधान हुने सङ्केत थियो। त्यो एउटा महान् अभियानको घोषणा भएको ठानियो।

खानाको लाइनमा महिलाहरू
विदेशी नियोगका अधिकारीहरूलाई ठूलो अन्तर्राष्ट्रिय लगानी ल्याउन भनियो। देश केहीले परिवर्तनहरू पनि आएको महसुस गरे।

चीनको सीमावर्ती पूर्वी तटीय क्षेत्रमा बस्ने एक सवारीचालक यू स्योङ(जु बजारमा उत्तर कोरियामै उत्पादित सामान आफूले प्रशस्तै देखेको बताउँछन्।

यी हुन् उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी
उत्तर कोरियाका नेता किम जङ(अनकी फुपू छ वर्षपछि फेरि देखा परिन्
हामी आफैँ चकित हुनेगरी उत्तर कोरियाली खाद्य उत्पादनहरू चिनियाँभन्दा स्वाद, प्याकेजिङ र आपूर्तिका हिसाबले राम्रा थिए,ू उनले भने।

प्रतिस्पर्धीको सफाया
किम जङ(अनले जनतालाई शुभकामना दिँदा आफूले चुनौती महसुस गरेका मानिसहरूलाई दिएनन्।

उनका फुपाजु च्याङ सङ(थेइकसँग सहयोगीहरूको एउटा शक्तिशाली सञ्जाल थियो।

प्योङ्याङभन्दा सयौँ माइल उत्तरको चीन नजिकको सहरमा बस्ने व्यापारी चोइ ना(राईलाई च्याङ बन्लान् भन्ने लागेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
शत्रुलाई सन्देश दिन उत्तर कोरियाली सैनिकले यसरी युद्धकला देखाए

अब देशको सीमा चीनसँग अझ खुल्ला होला र विदेशमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाइएला भन्ने हामी धेरैले आशा गरेका थियौँ, उनी स्मरण गर्छन्।

ूहामीलाई च्याङले सत्ता पाए भने धेरै आर्थिक परिवर्तनहरू हुन्छन् भन्ने लागेको थियो। तर पक्कै पनि हामी सजिलै यो विषयमा बोल्न सक्दैनथ्यौँ, तर हामीलाई त्यो अपेक्षा थियो।ू

तर उत्तर कोरियाली शासकहरूलाई यो प्रकारको हल्ला बन्द गर्नु थियो।

उत्तर कोरियाद्वारा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
दशजना उत्तर कोरियाली धर्मपुत्र पालेका दक्षिण कोरियाली पिता
त्यसैले किमका फुपाजुलाई देशको एकात्मक नेतृत्वलाई बदनाम गरेको आरोप लगाउँदै ूकुकुरभन्दा पनि खराब मानव कलङ्कू को सङ्ज्ञा दिइँदै मृत्युदण्ड दिइयो।

धेरैले अपेक्षा गरेका युवा नेताले आफ्नो क्रूरता प्रदर्शन गर्न सुरु गरे।

नियन्त्रण
दर्जनौँ मानिसहरू सफायाबाट जोगिन चीन र दक्षिण कोरियाको सीमा हुँदै देश छोडेर भागे। किम जङ(अनले देश छोड्ने क्रमलाई बढ्न नदिने निर्णय लिए।

सीमा सुरक्षामा कडाइ गरियो। सीमामा काँडेतार लगाइयो र ठाउँठाउँमा जमिनमुनि धराप थापियो।

कोरियन सीमा
दलालको काम गर्दै हा जिन(ऊले यो समयमा करिब १०० जनालाई उत्तर कोरियाको सीमा पार गराए।

त्यो देशमा छुट्टै सीमा सुरक्षा फौज छ। त्यससँग सीमा पार गर्न खोज्ने जोसुकैलाई पनि गोली हान्ने अधिकार छ र त्यसो गर्दा कसैलाई उत्तर दिनुपर्दैन।

मलाई सुरुमा निकै डर लागेको थियो। तर मैले सोचेँ यो मेरो जिम्मेवारी पनि हो। मलाई थाहा पाउने हुँदादेखि नै पशुलाई जति पनि अधिकार र स्वतन्त्रता नभएको यो देशमा किन जन्मिएँ भन्ने लागिरह्यो। त्यस कारण पनि मैले ज्यानको जोखिम मोलेर यो काम गरिरहेँ,ू उनले भने।

दुई कोरियाबीच युद्ध अन्त्य घोषणा गर्न यस्ता छन् प्योङ्याङका सर्त
उत्तर कोरियाको क्रूज क्षेप्यास्त्र परीक्षण किन चिन्ताजनक विषय
यही कामका कारण उनी अन्ततः निसानामा परेपछि देश छोडेर भागे।

उनकी आमालाई जेल हालियो। त्यहाँको कठोर व्यवहारले उनलाई पक्षाघात भयो। यो कुराले उनलाई पीडा दिइरहन्छ।

उत्तर कोरियाको सैन्य शक्ति प्रदर्शन

लोकप्रिय
विरोधीहरूलाई दबाउने भए पनि किम जङ(अन उनका बुबाभन्दा बढी सहज पहुँच भएका, आधुनिक र मिलनसार देखिए।

उनले एक आधुनिक युवती रि सोल(जूसँग विवाह गरे। भ्रमणमा जाँदा किमले मानिसहरूसँग अँगालो हालिरहेको हात हल्लाइरहेको र मुस्कुराइरहेको तस्बिरहरू बाहिर आउँथे। उनी घोडचढी र अन्य खेलमा पनि भाग लिइरहन्थे।

तर सर्वसाधारण उत्तर कोरियालीका लागि आधुनिक बन्न निषेध छ।

तस्करीको माध्यमबाट आइपुगेका दक्षिण कोरियाली भिडिओमा आफूले देखे जस्तै गहना र जीन्स लगाउन यून मि(सोलाई ठूलो रहर थियो।

क्षेप्यास्त्रहरू
एक पटक म नियम उल्लङ्घन गरेको भनेर पक्राउ परेँ।मलाई सार्वजनिक स्थलमा लगेर म नरुँदासम्म मान्छेहरूलाई निन्दा गर्न लगाइयो, उनले भनिन्।

ह्युन(योङ पनि किम जङ(अनकी श्रीमतीजस्तै गायिका थिइन्। तर उनका सबै गीतमा उत्तर कोरियाली नेताको गुणगान गाउनुपर्थ्यो। उनले विद्रोह गर्न त खोजिन् तर उनलाई राज्यले सतायो।

उत्तर कोरियाली नेता किम जङ(अन घोडा चढेर हिमालको टुप्पामा
परमाणु हतियार वृद्धि गर्ने किम जङ(अनको प्रण
ूमैले स्वतन्त्र रूपमा मेरो कलात्मकता प्रयोग गर्न पाइनँ। उत्तर कोरियामा गीत तयार गर्न निकै सर्त र बन्देजहरू सामना गर्नुपर्छ,ू उनी भन्छिन्।

ूसरकारले विदेशी प्रभाव पर्ने डर मानेर यसमा नियन्त्रण गर्ने गरेको छ। यस्तो कुराले उनीहरू आफू आफ्नो सत्तामा भर परेर बस्न सक्दैनन् भन्ने देखाउँछ।ू

मानव अधिकारसम्बन्धी नयाँ प्रतिवेदनका अनुसार दक्षिण कोरियाली भिडिओहरू हेरेको वा वितरण गरेको अभियोगमा कम्तीमा सात जनालाई विगत एक दशकमा उत्तर कोरियाले मृत्युदण्ड दिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ

क्षेप्यास्त्र
हरेक पटकका बलिस्टिक क्षेप्यास्त्र परीक्षणले विश्वव्यापी समाचारका शीर्षक बनाए पनि देशभित्र त्यसले उत्तर कोरियाले अपेक्षा गरेजस्तो गर्वको रूपमा चर्चा पाएन।

देश परित्याग गरेका एक उत्तर कोरियाले मानिसहरूले ूजनताको रगत पसिना सोसेर हतियार बनाएको भन्ने गरेकोू बताए।

विदेशी चलचित्र, भाषा र लुगामाथि उत्तर कोरियामा कडा कानुनी प्रतिबन्ध
उत्तर कोरियाली नागरिकले सवा अर्ब डलर चोर्न खोजेको अमेरिकी आरोप
ूहामी त्यसलाई विजयको रूपमा मान्दैनौँ। हामीले उनीहरूका लागि आर्जन गरिदिएको पैसा यस्तो परीक्षणमा खर्च गरेछन् भन्ने लाग्छ,ू अर्का एक जनाले भने।

सन् २०१६ तिर राजदूत रहेका र्‍युलाई उत्तर कोरियालाई किन आणविक हतियार आवश्यक छ भन्नेबारे विदेशमा बुझाउनु थियो।

त्यसले अन्तर्राष्ट्रिय समुदायमा आणविक परीक्षणको विरोध कम हुने अपेक्षा गरिए पनि उत्तर कोरियाली शासकहरूको अपेक्षाले काम गरेन।

रकेटम्यानको जुवा
एकअर्कालाई चेतावनी दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको बढ्दो तनाव कूटनीतिक भेटघाटमा पुगेर टुङ्गियो।

एउटा ूमोटो तानाशाहुका रूपमा पश्चिमा सञ्चारमाध्यमले चित्रित गर्ने गरेका किम राष्ट्रपति ट्रम्पसँग एउटै मञ्चमा उक्लिए।

उत्तर र दक्षिण कोरियाली सेनाबीच सिमानामा गोली हानाहान
उत्तर कोरियाली नेता किम जङ(अनको श्रीमती एक वर्षपछि देखा परिन्
उत्तर कोरियाली पत्रिकाहरूले सिङ्गापुरमा भएको त्यो भेटवार्ताको तस्बिर प्रथम पृष्ठमा प्रकाशन गरे।

किम र ट्रम्प
तर प्योङ्याङको मुख्य सहर बाहिरका गाउँहरू यो तस्बिरबारे प्रतिक्रियाविहीन थिए।

ूहामीसँग त्यसको अर्थ लगाउने क्षमता छैन। हामी त्यसले के सुधार ल्याउँछ भनेर पनि थाहा पाउन सक्दैनौँ,ू एकजना व्यापारी चोइ ना(राईले भने।

पूर्वराजदूत र्‍यु प्रतिबन्धहरूबाट मुक्ति पाउन गरिएको प्रदर्शनबाहेक त्यसको कुनै उपलब्धि नभएको बताउँछन्।

ूउत्तर कोरियाले कहिले पनि हतियार त्याग गर्दैन किनभने यहाँका शासकले आफ्नो सत्ता रक्षाका लागि यसलाई अपरिहार्य ठान्छन्,ू उनले भने।

कोभिड सङ्कट
सन् २०२० को आरम्भतिर छिमेकी चीनमा कोरोनाभाइरस देखिएपछि उत्तर कोरियाले मानिसहरूका लागि मात्रै नभई व्यापारका लागि पनि आफ्नो सीमा बन्द गर्‍यो।

विदेशी आयातको ८० प्रतिशत बढी हिस्सा चीनले ओगटेको देशको सीमामा खाद्यान्न देखि औषधिसम्म थुप्रिए।

उत्तर कोरियाले ३० लाख मात्रा कोभिड खोप अस्वीकार गर्‍यो
किम जङ(अनले किन दक्षिण कोरियाली राष्ट्रपतिसँग माफ मागेु
ूअर्थव्यवस्था खस्कियो र मूल्यवृद्धि अकासियो। मेरा अभिभावकले खानेकुरा त पाए तर अत्यन्तै महँगो मूल्यमा। निकै तनावको अवस्था थियो त्यो,ू सीमानजिकैबाट आफ्नी आमासँग कुरा गर्ने मौका पाएका जु सिओङले कोभिडपछिको अवस्थाबारे भने।

किम आफैँले त्यसलाई सङ्कट भन्दै एउटा भाषणमा आँसु चुहाए। उत्तर कोरियाली नेताको आँखामा आँसु देखिनु निकै दुर्लभ हो।

उत्तर कोरियाले ३० लाख मात्रा कोभिड खोप अस्वीकार गर्‍यो
विदेशी चलचित्र, भाषा र लुगामाथि उत्तर कोरियामा कडा कानुनी प्रतिबन्ध
पूर्वचिकित्सक किम सुङ(हुईले औषधिको कालोबजारी भएको, पन्जाको अभावमा डाक्टरहरूले खाली हातले काम गर्नुपरेको र शल्यक्रिया गर्ने कक्षमा समेत विद्युत् आपूर्ति नभएको बताए।

ूमलाई आशा छ उत्तर कोरिया पनि कुनै दिन बिरामी र स्वास्थ्यकर्मी दुवैको मानव अधिकार सुनिश्चित गर्ने अवस्थामा आइपुग्छ,ू दक्षिण कोरियाको अवस्थासँग तुलना गर्दै उनले भने।

महामारीको लागि आवश्यक बन्दोबस्त नगरेको उत्तर कोरियामा कोभिडको क्षतिबारे कुनै तथ्याङ्क उपलब्ध छैन।

किमवंशको प्रभुत्व
उत्तर कोरिया त्याग गरेका कतिपय मानिस देशको अवस्थाबारे भावुक थिए। उनीहरूले देशमा कू हुन सक्ने आकलन गरे पनि त्यसको कुनै सम्भावना अहिलेसम्म पनि देखिएको छैन।

किमवंशको प्रभुत्वका कारण सत्ता ढल्न सक्ने सबै अनुमानहरू गलत साबित भए।

सत्तरी वर्षदेखि सीमा बन्द गरेको उत्तर कोरियाले आफ्नो सीमा फेरि आवतजावतका लागि खुला गरोस् भन्ने इच्छा देश छोडेर अन्यत्र गएका अधिकांश उत्तर कोरियालीले अन्तर्वार्ताका क्रममा प्रकट गरे। उनीहरू त्यहाँ रहेका आफ्ना परिवारलाई भेट्न चाहन्छन्।

यो समाचारका लागि बीबीसीसँग कुरा गरेका उत्तर कोरिया छोडेकाहरू
तस्बिरको क्याप्शन,
यो समाचारका लागि बीबीसीसँग कुरा गरेका उत्तर कोरियालीहरू विदेशमा बस्छन्

उनीहरू किम जङ(अनको बारेमा बोल्न स्वतन्त्र छन्। देशभित्रै रहेका मानिसले बोल्न पाउँदैनन्।

किम जङ(अनले शासनको दशौँ वार्षिकोत्सव मनाउँदा उनीसँग दर्जनौँ आणविक हतियार छन्। तर उनका जनता अझै भोकभोकै छन्।

सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिले प्योङ्याङ भ्रमण गरेपछि सोलको केन्द्रमा एउटा ठूलो पोस्टर राखिएको थियो। त्यसमा किमलाई दक्षिण कोरियाली पप संस्कृतिमा मायाको प्रतीक बनाउन औँलाहरू कसरी राख्ने भनेर सिकाइँदै गरेको दृश्य थियो।

मैले त्यो समयमा किमले यही बाटो आफ्ना जनताका लागि पनि लिन सक्छन् भनेर लेखेकी थिएँ। उनीसँग त्यो शक्ति थियो, उनले स्वतन्त्रता दिन सक्थे।

तर किमको शासनकालमा अढाई करोड उत्तर कोरियाली जनता त्यसअघि भन्दा बढी बाह्य विश्वसँग सम्पर्कविहीन भएर बस्नुपर्‍यो।

यो समाचारमा कुराकानी गरिएका सबै व्यक्तिले ज्यान जोखिममा राखेर उत्तर कोरिया छोडेका थिए। उनीहरू अहिले दक्षिण कोरिया र अमेरिकामा बस्दै आएका छन्। उनीहरूको परिवारको सुरक्षाका लागि केही व्यक्तिको नाम परिवर्तन गरिएको छ। साभार बिबिसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय