धनकुटाको पाख्रीवास नगरपालिकामा कृषि शाखाका कर्मचारी र नगर कार्यपालिकाको आर्थिक विकास शाखा विच समन्वय नहुँदा योजना तथा कार्यक्रमहरु कार्यन्वयनमा अन्योलता सृजना भएको छ ।
विशेष गरेर पाख्रीवास नगरपालिकाले आ.व.०७६÷०७७ देखी संचालन गरेको कफि विकास कार्यक्रम संचालनमा ल्याउनले क्रममा नगर भित्रका कफी तथा चिया किसानहरुमा अन्योलता सृजना भएको हो । नगरपालिकाको कोठा नं.१३ मा कृषि तथा कफी शाखाको वोर्ड राखिएको छ । उक्त शाखामा गएर विशेष गरेर कफी खेतीका वारेमा कर्मचारीलाई सोध्दा थाहा नभएको जानकारी पाएपछि यहाँका कफी किसान अहिले अन्योलमा परेका छन् ।
पाख्रीवास नगरपालिका वडा नं.४ मा रहेको कृषि तथा पशु फर्म संचालक दुर्गा निरौलाले आफूहरु नगरवासी भएर किसानले खोजेको र रोजेको कृषिका कार्यक्रम गर्न नपाएको गुनासो गरेका छन् । नगरपालिकाले कफी खेतीको कार्यक्रम ल्याएको थाहा पाएपछि नगरका १० वटै वडाका किसानले कफीका वारेमा कृषि÷कफी विकास शाखासंग सोधपुछ गर्दा त्यहाँका कर्मचारीलाई थाहा नभएको जवाफ पाएको निरौलाले बताए । नगरपालिकाको कृषि तथा कफी शाखामा कार्यरत कृषि प्राविधिकहरुलाई कफी खेतीको वारेमा जानकारी नभएपछि आफूहरुले काँहा गएर जानकारी लिने भन्दै आफूहरु अन्योलमा परेको निरौलाको भनाई छ ।

त्यसो त पाख्रीवास नगरपालिका वडा नं.४ मा रहेको राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्था लि.का अध्यक्ष गोविन्द थापाले नगरपालिकाले कृषि तथा कफी शाखा भनेर वोर्ड राख्यो तर चियाको भने नराखेको भन्दै गुनासो गरे । उनले कफीको जस्तै चियाको पनि नगरपालिकाले किसानहरुलाई आवश्याक प्राविधिक ज्ञान र सिपको लागी सम्पर्क शाखा राख्न माग गरेका छन् । उनी जस्तै पाख्रीवास नगरका दर्जनौ चिया किसानले कफीको जस्तै कृषि शाखामा चियाको विकास प्रवद्र्धनको लागी कार्यक्रम ल्याएर सम्पर्क शाखा राख्न माग गरेका छन् ।
पाख्रीवास नगरपालिकामा रहेको कृषि÷कफी विकास शाखामा कृषि प्राविधिकको रुपमा पाचौं तहका इन्द्रमाया तामाङ, चन्द्र आले मगर र अमर राई गरी ३ जना कर्मचारी कार्यरत रहेका छन् । विशेष गरेर कफी विकास कार्यक्रमको वारेमा नगर कार्यपालिकाले कृषि÷कफी विकास शाखामा कार्यरत कर्मचारीलाई लिखित रुपमा कुनै पनि जानकारी नदिएको उनीहरुले बताएका छन् । तर, नगरका किसानहरु भने कृषि÷कफी विकास शाखामा कफीको कार्यक्रमको वारेमा जानकारी लिन चासोका आउँदा आफूहरु अफ्ठ्यारोमा परेको त्यहाँ कार्यरत कर्मचारीहरुले वताए ।

कृषि तथा कफी शाखामा कार्यरत कृषि प्राविधिक अमर राईले आफूलाई कफी विस्तार परियोजनाको सम्पर्क व्यक्ति भनिए पनि जिम्मेवारीको हिसावले लिखित रुपमा केही जानकारी कार्यपालिकाबाट नपाएको वताए । उनले नगरपालिकाले आ.व.०७८÷०७९ मा नमुना कफी विस्तार कार्यक्रमको लागी विनियोजन गरेको २० लाख मध्येबाट १० लाखको ५ हजार कफीको विरुवा रोप्ने कार्यमा भने आफू श्रोत व्यक्तिको हैसियतले सहभागी भएको बताए । उनले नगरपालिकाले ७ वर्षको लागी कफीको विरुवा रोप्न ६० रोपनी जग्गा लिजमा लिएर ५ हजार कफीको विरुवा रोप्ने कार्य सम्पन्न गरेको बताए । उनले अघिल्लो वर्ष आ.व.०७७÷०७८ मा १० लाख रुपयाँ खर्चेर नगरपालिकाले १ लाख, ५० हजार भन्दा वढी कफीको विरुवाको लागी नर्सरी त वनाएको छ । तर कृषि शाखालाई कफी विस्तारको वारेमा लिखित जिम्मेवारी नदिदा कफीको नर्सरीको रेखदेख कस्ले गर्ने भन्नेमा अन्योलमा रहेको राईले वताए ।

कृषि शाखामा कार्यरत प्राविधिक इन्द्रमाया तामाङले नगरकार्यपालिकाले आ.व.०७७÷०७८ मा १० लाख, आ.व.०७८÷०७९ मा १ करोड, २० लाख गरी जम्मा १ करोड, ३० लाखको कफी विस्तार आयोजना संचालन गरी रहँदा कृषि शाखालाई लिखित जानकारी नदिएको आरोप लगाईन । चालु आर्थिक वर्षमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १ करोड र नगरपालिकाले २० लाखको कफी विस्तार कार्यक्रम संचालन गर्दा कृषि शाखासंग समन्वय नगरी गैह्र सरकारी संस्थालाई कार्यक्रम दिएको आरोप तामाङले लगाईन । उनले आफूसंग रहेको कृषि प्राविधिक र साधन श्रोतलाई उपयोग नगरी वाहिरको एनजिओलाई काम दिएर राज्यले गरेको लगानीको समेत नगरपालिकाले दुरुपयोग गरेको आरोप लगाईन ।

सो विषयमा पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिकवहादुर राईले कफी विस्तार परियोजनाको श्रोत व्यक्ति रुपमा जिम्मेवारी अमर राईलाई दिएको बताए । उनले नगर क्षेत्रका किसानहरुको लागी कार्यक्रम वनाउने भनेको जनप्रतिनिधिहरुले हो, कर्मचारीले हैन भन्दै प्रमुख प्रशासकिय अधिकृत राईले भने–‘त्यही भएर होला कफी बिस्तार परियोजनाको वारेमा कृषि शाखाका कर्मचारीहरुलाई सवै कुरा थाहा भएन ।’ पाख्रीवास नगरपालिका भनेको ९९ प्रतिसत किसानहरुको वसोवास रहेको नगरपालिका भएकाले हामीले सवै किसानलाई घर घरमा पुगेर सूचना दिने प्रयास गरेको प्रशासकिय अधिकृत राईकोे भनाई छ । उनले भने–मैले त्यसो भनिरहँदा कतिपय किसानको घरमा सूचना नपुग्न पनि सक्दछ ।

तथापि पनि हामीले खरिद प्रक्रिया पु¥याएर नै निजि संस्था तेखिमे कृषि फर्म धनकुटा–१ हिलेका संचालक एवं कृषि अभियान्ता जीवन कुमार राईलाई कामको जिम्मेवारी दिएको प्रशासकिय अधिकृत राईले वताए । उनले निजि फर्म मार्फत पाख्रीवास नगरपालिकाको १० वटै वडाबाट ४ जनाको दरले वोलाएर ४० जना कृषकलाई कफी खेतीको वारेमो आरिन्टेसन दिएको बताए । सूचनाको पहुँच सवैमा नपुगेको हुन सक्छ, काम गर्दै जाँदा कमीकम्जोरीहरु हुनसक्छन् भन्दै उनले अधिकृत स्तरको कर्मचारी नभएकाले शाखा प्रमुखको जिम्मेवारी नदिएको हो । प्रशासकिय अधिकृत राईले भने–‘नगरपालिकाले काम गर्दा आर्थिक ऐनलाई टेकेर खरिद प्रक्रियामा लगेर खरिद ईकाईले निर्णय गरेर मात्र काम गर्ने गरिएको छ ।’

उनले पाख्रीवास नगरपालिकामा कफी विकास कार्यक्रमको लागी हालसम्म प्रदेश सरकारको सर्सत अनुदान रहेको १ करोड र नगरपालिकाको आन्तरिक श्रोतबाट ३० लाखको कार्यक्रम संचालन भैरहेको बताएका छन् । जसमध्ये नमुना कफी खेतीको लागी ३० लाख र १ करोडको ठेक्का मार्फत काम अघि वढाइएको छ । ठेक्का मार्फत कफी प्रशोधन केन्द्र र स्थायी प्रकृतिको हाईटेक नर्सरी निर्माणको काम अघि वढीरहेको प्रशासकिय अधिकृत राईले बताए । उनले चियाको कार्यक्रम पाख्रीवास नगरपालिकमा नरहेको स्पष्ट पारेका छन् ।

सो विषयमा पाख्रीवास नगरपालिकाका नगर प्रमुख विृष वहादुर राईले आ.व.०७६÷०७७ देखी कृषिको कार्यक्रममा कफीलाई पाख्रीवास पकेट एरिया घोषणा गरिएको बताए । राईले सोही कार्यक्रम अन्तर्गत हालसम्म ६० रोपनी जग्गामा कफी रोपी सकिएको वताएका छन् । अझै पनि हामीसंग १ लाख, ५० हजार कफीको विरुवा रहेको वदाउँदै उनले भने–‘कफीको विरुवा खरिद गर्न कसैले चाहान्छन् भने ५ सय देखी १ हजारसम्म विरुवा लानेलाई प्रति विरुवा ८ रुपयाँको दरले दिने गरेको र ५ सय भन्दा कम विरुवा लानेलाई प्रति वोट २० रुपयाँ गोटाले विक्रि गर्ने गरीएको छ ।’ कृषि शाखासंगको जिम्मेवारी र समन्वयको सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा उनले भने कार्य क्षमता र मुल्याङ्गकनको आधारमा इन्द्रमाया तामाङलाई प्रमुखको जिम्ेमवारी दिएको नगर प्रमुख राईले बताए । उता कृषि शाखामा कार्यरत इन्द्रमाया तामाङले भने आफूले लिखित रुपमा कृषि शाखाको जिम्मेवारी नपाएको वताउँदै आएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय