नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी आगामी बैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित पार्टीनिकट निजामति कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले आफूहरुलाई निर्वाचनमा जानबाट डरायो भनी भ्रम छर्ने काम भइरहेको बताए।

‘हामी चुनावसँग आत्तिएका छैनौं, चुनाव बैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं’, उनले भने। उनले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताए।

उनले प्रधानमन्त्री आफैंले पनि यो गठबन्धन कायम रहने बताइसकेकाले गठबन्धन टुट्छ कि भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय