धनकुटा असार ५ 
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले  जिल्ला अस्पताल धनकुटालाई १४ बुदे माग सहितकाे ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार युवा संघ, नेपालले अस्पतालबाट प्रदान गरीने सेवा सुविधा प्रभावकारी तथा सन्तोषजनक नभएको भन्दै ध्यानाकर्ष पत्र  बुझाएको हो ।
राष्ट्रिय युवा संघ, नेपाल धनकुटाका अध्यक्ष प्रविण पोख्रेलले जिल्ला अस्पताल धनकुटाका अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङ र अस्पतालका  सुपरिटेन्डेन्ट डा.मनिश शाहलाई  बुझाउनु भएको थियोे   ।
ध्यानाकर्षण पत्र बुझाउदै राष्ट्रिय यवा संघ नेपाल धनकुटाका अध्यक्षले पूर्वको एक पुरानो अस्पताल भए पनि जनताले भने जस्तो सेवा सुविधा नपाई रेहेको बताउनु भयाे  । उहाले  सेवा सुबिधा पाउन नसकेको अवस्थामा विरामीले अन्य छिमेकि जिल्लाका अस्पतालहरुमा उपचारमा जानु पर्ने बाध्यता रहेको कारण दुख भोग्नु परेको बताएकाछन् ।
त्यस्तै युवा संघका केन्द्रिय सदस्य जमशेर छाराहाङले जिल्ला अस्पताल धनकुटा पूर्वको चार जिल्लाको केन्द्रीत रहेको हुनाले आवश्यक पर्ने सेवा हुनु पर्नेमा सेवाको अभाव भईरहेको बताउनु भयो  । उहाले  स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पनि पाउनु पर्ने सेवा सुविधाको अभाव र समस्या भएको हुुदाँ यहाँका समस्याहरुको हल तत्काल हुनेपर्ने माग सहिद युवा संघले माग पत्र बुझएको बताउनु भयो ।
उहाले  दैनिक संचालन हुने एम्बुलेन्स सेवा नपाई रहेकाले जिल्ला अस्पतालमा ब्याचलर फार्मेसी हुनुपर्नेमा त्यो नभई रहेको हुनाले त्यसको ब्यवस्थापन हुनु पर्ने बताउनुभयो  ।
चल्दै आएको प्रशुती सेवा बन्द रहेकोले तत्काल संचालनमा ल्याउनु पर्ने बताउदै आइसियु कक्ष पनि चाडो भन्दा चडो संचालनमा ल्याई जनताले सेवा पाउनु पर्ने बताउनुभयो  ।
ध्यानाकर्षण पत्र बुझ्दै तामाङले भने अस्पतालको स्तरोन्नती गर्ने व्यवस्थान गर्ने कुरामा लागी रहेकोे बताउनु भयो । त्यसका निम्ती तत्काल, दिर्घकालिन र अल्पकालिन रुपमा गर्न सक्ने कामहरु क्याटवरी गरीरहेको बताए र यो अस्पताल लाई नमुुना अस्पताल बनाउन निम्ती टिम मार्फत पनि लागि रहेको बताउदै भौतिक संरचनाका निर्माण गर्न प्रदेश सरकार संग समन्वय गरी रहेको समेत बताउनु भयो  ।
उनिहरुले जिल्ला अस्पतालको प्रशासनिक भवन अगाडी केही बेर धर्ना समेत दिएको राष्ट्रिय युवा संघका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय