धनकुटा असार ९ ,

सहिदभुमि गाउँपालिका  वडा नं ३ मा  संचालित ५ दिने  गोलभेडा खेती सम्बन्धी  ब्यवसायिक सीप विकास तालिम  सम्पन्न भएको छ ।

सहिदभुमि  महिला विकास साखाकाे आर्थिक सहयोग तथा वडाको आयाेजनामा ५ दिन सम्म सञ्चालन गरिएको  तालिममा  वडा नं ३ स्थित  पातलडाडा महिला समुहका २० जना  महिला दिदीबहिनीकाे सहभागी थियोे । तालिममा कृषि विकास शाखाका सहायक प्रमुख खिर प्रसाद राईले प्रशिक्षण दिनु भएको थियोे ।  तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष  मनाेज राईले  तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा  प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा  राखेर  कृषिलाई आधुनिकिकरण  यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण , सिपविकास तालिमलाई निरन्तरता दिइरहेको बताउनु भयो ।
यस्तै  वडा नं ३ का  वडा अध्यक्ष हाेम बहादुर राईले कार्यक्रममा बाेल्नु हुदै  तालिममा सिकेको कुरालाई सदुपयोग गरेर  आर्थिक उन्ति  तर्फ लाग्नुपर्नेमा जाेडदिनु भयो । साथै उहाले  व्यवसायीक खेति तर्फ लाग्न याे तालिमले  सहयोग पुग्ने  छ  भन्दै   थप आवाश्यक सहयोग गर्न वडा तयार रहेको प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्यस्तै गरि तालिममा सहभागीलाई विउपुजि अनुदान स्वरुप नगद  जनहि ३ -३ हजार प्रदान गरिएको छ । उन्त जातकाे टमाटरकाे बीउ खरिद गर्नका लागि  जनहि १५ सयका दरले यातायात खर्च समेत वितरण गरिएको वडा अध्यक्ष  हाेम बहादुर राईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय