धनकुटा
धनकुटाको महालक्ष्मी नगरपालिका ४ का दुई वालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ४ कै ७६ वर्षका वृद्ध विर्खबहादुर पौडेल पक्राउ रहेका छन् ।
पौडेलले असार ३ गते विद्यालयबाट साथिहरु सँग घर फर्कदै गरेकी ९ वर्ष र ५ वर्षकी वालिकाहरुलाई यौन दुव्र्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उनिहरु सँगै विद्यालयबाट आउदै गरेका अन्य दुई जना साथिलाई पानी लिन पठाई एक ती वालिकालाई यौन दुव्र्यवहार गरेको भनि असार ६ गते वालिकाको आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।












