ललितपुर — ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण भइरहेको छ । नेपालमै पहिलोपटक लिफ्ट जडान गरिएको यस्तो पुल बनाइँदै गरेको हो ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालबालिकासहित सबै पैदलयात्रीलाई सडक वारपार गर्न सुरक्षित र सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो । व्यस्त सडकमा पैदल यात्रुले सवारीसाधनको जोखिम मोल्दै सडक पार गर्नुपर्ने अवस्था अन्त्य गर्न यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सामान्यतया आकाशे पुलमा भर्‍याङ चढ्नुपर्ने हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले प्रयोग गर्न कठिनाइ भोग्दै आएका थिए । लिफ्टको व्यवस्थाले यस्ता समस्या समाधान गर्ने र पुललाई सबैका लागि पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।

पुलको निर्माण ललितपुर महानगरपालिकाले गरेको हो । यसले सहरी पूर्वाधारलाई समावेशी र अपांगतामैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय