धनकुटा
भुजेल समाज सेवा पाख्रिवास नगर समितिले भुजेलहरुको क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार पाख्रिवासमा सम्पन्न क्षमता विकास कार्यक्रममा भुजेल जातिको सस्कार सस्कृती जर्गेना गर्ने तथा भुजेल समुदायको हक हितको निम्ति सस्थागत रुपमा खबरदारी गर्ने भुजेल अगुवा हरुले बताएका छन । कार्यक्रममा बोल्दै पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानहादुर गुरुङ्गले भुजेल जातिको सस्कार सस्कृतीको जर्गेना गर्ने र पाख्रिवास नगरपालिका भित्र बसोवास गर्ने भुजेल समुदायको आर्थिक संमृद्धीमा नगरपालिकाले विषेश प्राथमीकताका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आदिवासी जनजातिअन्तर्गत लोपोन्मुख समुदायमा पर्ने भुजेल समुदायलाई राज्यले विषेश प्राथमीकता दिनुपर्ने तर अहिलेसम्म त्यस्तो नभएको भन्दै प्रमुख गुरुङ्गले पाख्रिवास नगरपालिकामा भने यो समुदायको क्षमता विकासमा नगर हरसमय लागि पर्ने बताए । कार्यक्रममा बोल्दै भुजेल समाज सेवा समितिका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेलले भुजेलहरु अहिले राज्यका निति निमार्ण गर्ने तहमा नपुगेका कारण आफनो हक अधिकारलाई सुनिश्चित गर्न कठिन भएको हुदा अब राज्यको निति निमार्ण गर्ने तहमा जान लागि पर्नुपर्नेमा जोड दिए । भुजेल समाज सेवा समितिका प्रदेश नं १ का सचिव जयपुर्ण भुजेलले अहिले भुजेलहरु आफ्नो हराउदै गएको सस्कार सस्कृति जोगाउन लागि परेको बताएका छन । भुजेल समुदायको मातृभाषामा आधारित पहिलो फिल्म निर्माण भई सकेको कारणले पनि भुजेलहरुको आप्mनो पहिचान जोगाई राख्नमा थप इटा थपिएको बताए । पाख्रिवास नगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ –फोनिज) का केन्द्रिय सदस्य विदुर खवास , भुजेल समाज सेवा समिती सुनसरीका अध्यक्ष रवि भुजेल , धनकुटाका उपाध्यक्ष शेरबहादुर भुजेल , कोषाध्यक्ष सरोज भुजेल, विभिन्न जातिय सस्थाका प्रतिनिधिहरु लगयतको उपस्थिती रहेको धुजेल समाज सेवा समिति पाख्रिवास नगर समितिका अध्यक्ष रोहीत खवासले जानकारी दिए ।

भुजेल समुदायको मातृभाषामा आधारित पहिलो फिल्म ‘नि–प्हुगाल’ अर्थात् ‘हामी भुजेल’ प्रद्धशन
आदिवासी जनजातिअन्तर्गत लोपोन्मुख समुदायमा पर्छ भुजेल । यो समुदायको मातृभाषामा आधारित पहिलो फिल्म ‘नि–प्हुगाल’ अर्थात् ‘हामी भुजेल’पाख्रिवासमा प्रद्धशन गरिएको छ । धनकुटा र तेह्रथका भुजेलहरु तथा स्थानीयको उपस्थितीमा उक्त चलचित्र प्रद्धशन गरिएको हो । भुजेल भाषा, संस्कृति र रीतिरिवाजमा आधारित फिल्मले भुजेल समुदायकै कथा बोकेको छ । मायाप्रेमलाई मुख्य विषयवस्तु बनाइए पनि यसमा भुजेल भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको भुजेल समाज सेवा समितिका प्रदेश नं १ का सचिव जयपुर्ण भुजेलले जानकारी दिनुभयो  ।

चोयाबाट बन्ने डोको र नाम्लो बुन्ने पेसा आधुनिकतासँगै धरापमा परेको र यसको संरक्षण गरिएमा जीविका चलाउन सकिने सन्देशसमेत फिल्मले दिन खोजेको उनले बताए । ‘हाम्रो भाषा बोलिन छाडे । संस्कृतिको संरक्षण भएन । युवापंक्ति अघि सरेन । यसको संरक्षणमा फिल्मको माध्ययमबाट हामी जुटेका छौं,’ भुजेलले भने । ग्रामीण भेगमा रहेको गरिबीलाई समेत पर्दामा उतार्न खोजिएको भुजेल समाज सेवा समितिका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेलले बताए । ‘मुख्य उद्देश्य भनेको भुजेललाई पछि पारिएको छ, पछि परेको छ, अब अघि बढ्नुपर्छ भन्ने हो । हाम्रो भाषा र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हो,’ उनले भने ।

तनहुँको आदिमूल, कास्कीको कास्कीकोट, पोखरालगायत ठाउँमा छायांकन गरिएको छ । भुजेल समाज सेवा केन्द्रीय समिति र भुजेल चलचित्र संघ केन्द्रीय समितिले भकारी इभेन्टस् प्रालिमार्फत फिल्म निर्माण गरेको हो । सेवानुङ फिल्मस् प्रालिको प्रस्तुति रहेको फिल्म ‘नि–प्हुगाल’ ३५ लाख रुपैयाँमा निर्माण गरिएको हो । फिल्म २ घण्टा ३५ मिनेटको छ । कृष्णकुमार गुरुङले निर्देशन गरेको फिल्ममा कार्यकारी निर्माता कमल भुजेल रहेका छन । सहनिर्मातामा कोपिला भुजेल छन । पटकथा भने निर्देशक गुरुङ स्वयंले लेखेका छन । फिल्ममा पूजा भुजेल र भीम भुजेलको मुख्य अभिनय छ । फिल्मको परिकल्पना रेशम भुजेलले गरेका हुन । पटकथा र संवाद निर्देशक कृष्णकुमार गुरुङले गरेका छन । प्रकाश गुरुङले छायांकन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय