धनकुटा असार १४

धनकुटाको छथरजाेरपाटी गाउँपालिका वडा नं १ हातिखर्कमा अपांग मानसिक सन्तुलन गुमाएकी काली माया लिम्बू गाेठमा थुनिएर  बस्नु परेको छ ।

लिम्बूको भाइ बुहारीले करिब ६ महिना देखि गाेठमा खाेर बनाएर बाधेर थुनेर राखेकाछन् ।
अपांग मानसिक सन्तुलन गुमाएका ६७ वर्षकी लिम्बू ६ महिना देखि खोरभित्र बाँचि रहनु परेको छ ।

उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न नसकेर खोर बनाएर खोरमा थुनेर राख्नु परेकाे उनकाे भाइ पुर्ण हाङ लिम्बूले बताउनुभयो   ।
यसरी थुनेर राखेको काली माया लिम्बूको अवस्था थाहा पाए पछि संघीय संसद राजेन्द्र कुमार राई साेमबार हेर्न पुगेका थिए ।

काली माया लिम्बूको अवस्था हेरे पछि उहाले अहिलेसम्म नागरिकता समेत नलिएका र अपांग भत्ता बाट पनि बन्चित भएको पाएकाे ले थुनिएकी लिम्बूको उद्वार गरि दिने र नागरिकता तथा अपांग भत्ताको व्यवस्था गरिदिने बताउनुभयो ।अहिलेसम्म काली माया लिम्बूले नागरिक्ता समेत लिएकाे छैन भने बुवा भद्र बहादुर लिम्बू र आमा कान्छी माया लिम्बूको मृत्युु भई सकेको छ ।

नागरिकता बनाउनु पर्ने काली माया लिम्बूको विवरण यसप्रकार छ ।
नामः काली माया लिम्बू
जम्मस्थलः लाली गुरास नपा – ५ साविक दांगपा – ५, तेह्रथुम

बुबाको नामः रन बहादुर लिम्बू

जन्म मितिः ?

विवाह मितिः

पतिको नामः पुन हांग लिम्बू
पतिको ठेगानाः छथर जोरपाटी १, साविक हात्तिखर्क २ धनकुटा

पतिको नागरिकता प्रमाणपत्र न ७०६/२०४४

नौटः पतिको पटक्कै बोली नआउने र पत्नी तातातुतु मात्र गर्ने ।

अपांगताः हिडडुल गर्न नसक्ने सुगुरको खोर जस्तोमा थुनिएर राखिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय