धनकुटा असार १४
मदन भण्डारीको ७१ औ जन्मजयन्तिको अवसरमा आज मंगलबार धनकुटामा विभिन्न कार्यक्रम गरिएको छ ।
नेकपा एमाले र मदन भण्डारी फाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रम अन्र्तगत धनकुटामा मदन चोक स्थितको मदन भण्डारीको शालिकमा माल्याणपर्ण गरिएको छ । शालिकमा माल्याणपर्णपछि भएको कार्यक्रममा बोल्दै फाउण्डेशनका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का संयोजक गोपाल गुरागाईले मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानकोबारेमा चर्चा गर्नुभएको थियो ।

यही अवसरमा मदन आश्रितद्धारा सञ्चालित वालकेन्द्रका १३ जना असहाय विद्यार्थीहरुलाई खाद्यान्न र फलफुल वितरण गरिएको फाउण्डेशनका धनकुटा अधयक्ष निरन तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश संसद ईन्द्रमणी पराजुली लगायतको उपस्थिती थियो । उता महालक्षमी नगरपालिकामा पनि मदन भण्डारीको जन्मजयन्तिको अवसरमा नगरको विकास र समृद्धीकोबारेमा १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको उहाँले बताउनुभयो ।












