असार २१
धनगढी अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । १७ वर्षका विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए।
उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए।
त्यस्तै, वडा–४ का कर्णबहादुर शाही, उनका छोरा राम शाही र बुहारी शान्ति शाही, छोराहरू महेन्द्र शाही र वीरेन्द्र शाही, वडा–४ कै पृथ्वी शाही र उनका भाइ अक्कल शाहीसहित १३ जनाविरुद्ध मृतकका दाजु डम्बर शाहीले किटानी दिएका थिए। तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्। प्रहरीले अहिलेसम्म मेयर चलाउनेसहित ७ जनालाई पक्राउ गरेको जनाए पनि उनीहरूको नाम भने खुलाएको छैन। ‘अहिले अनुसन्धान जारी छ।












