असार २२,

पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा तथा दिगाेपना कार्यक्रम आज सहिद भुमि गाउपालिकामा सम्पन्न भएको छ । सहिदभुमि गाउपालिकाकाे स्वास्थ शाखाको आयाेजनामा सम्पन्न कार्यक्रममा सम्मान तथा पुर्ण खाेप सुनिश्चितता कार्यक्रमको विषयमा कार्यक्रममा सहभागीलाई जानकारी गराईएकाे थियोे ।

गाउपालिकाकाे स्वास्थ शाखा प्रमुख फकिर महमाेदले गाउपालिकामा आर्थिक वर्ष २०७८/७९ मा ० देखि १५ महिनाका २ सय ७१ र १६ देखि २३ महिनाका १ सय ८३ बालबालिकालाई दिने सम्पूर्ण खाेप पूरा गरेको र काेभिड लगायत सम्पूर्ण व्यक्तिलाई स्वास्थ्य मापदण्ड अन्तर्गत खोप लगाइएर गाउँपालिकालाई पुर्ण खाेप पूरा गरेको बताउनुभयो । जम्मा १३ वटा खाेप नेपाल सरकार बाट निशुल्क वितरण हुदै आईरहेकाे छ ।

यश अघि धनकुटा जिल्ला २०७१ साल पाैष ३० गते पुर्ण खाेप जिल्ला घाेषणा भईसकेकाे छ । अहिले जिल्लालाई पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गर्नका लागि जिल्लामा रहेको पालिकाहरुमा प्रतिबद्धता कार्यक्रम सञ्चालन भईरहेकाे जिल्ला स्वास्थ कार्यलय धनकुटाका प्रमुख प्रमाेद प्रसाद दाहालले बताउनुभयो ।

साे अवसरमा मेहनत का आधारमा वडा नं ४ खाेकु स्वास्थ कार्यलयका भाग्य माया राई , आखिसल्ला स्वास्थ चाैकिका बलप्रसाद राई , पुर्ण खाेप सुनिश्चितता प्रमाणपत्र वितरण गरिएको थियोे ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष मनाेज राईले बाबालिकाले जन्मे देखि १५ महिना भित्र पाउनुपर्ने सबै खाेप पाउनुपर्ने बताउनुभयो । साथै उहाले काेभिड माहामारी बाट जनतालाई सुरक्षित राख्नकाे लागि स्वास्थकर्मि सहित आफुहरुले धेरै संघर्ष रुपमा काम गरेको बताउनुभयो । राष्ट्रिय खाेप सुनिश्चितता अभियानमा सबै सहभागी हुन जरुरी रहेको भन्दै उहाले स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर कुनैपनि बालबालिका नहरने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ कार्यलय धनकुटाका खाेप अभियानका फाेकलपर्शन वेग बहादुर कट्टुवाल , गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईले मन्तव्य राख्नु भएको थियोे । प्रमुख प्रशासकीय अधिकृत लाेचन प्रसाद दाहाल , कार्यपालिका सदस्य ,वडा अध्यक्षहरु ,जनप्रतिनिधि ,कर्मचारीकाे सहभागी थियोे ।

साेहि अवसरमा जिल्ला स्वास्थ कार्यलय धनकुटाले पुर्ण खाेप सुनिश्चितता कार्यक्रममा सहिदभूमि गाउपालिका पुर्ण खाेप पूरा गर्नेमा पहिलो स्थानमा आएको भन्दै प्रसंसा पत्र सहित स्वास्थ शाखा प्रमुख महाेमदलाई सम्मान गरेको छ । घरघर सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई झाेला सहित स्वास्थ सामाग्री समेत वितरण गरेका थिए । कार्यक्रममा  राष्ट्रिय खाेप कार्यक्रमबाट भएको उपलब्धिकाे विषयमा पनि जानकारी गराईएकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय