भदौ ३० ,

गुल्मी अस्पतालले आफ्नो सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेको छ । कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएको सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन् ।

अस्पतालको कार्यसम्पादानको बारेमा जानकारी दिन आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएको सेवाको प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा। उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेका व्यवस्थापकीय कामहरूको बारेमा सरोकारवालालाई जानकारी गराउनुभएको थियो ।

डा। पच्याले अस्पतालमा कम साधन, स्रोत र जनशक्तिको अभावमा पनि बिरामीलाई भरपर्दो र विश्वासिलो सेवा प्रवाह गरेको बताउनुभयो । अस्पतालमा लामो समयदेखि जनशक्ति व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको र दरबन्दी भए पनि त्यसको परिपूर्ति हुन नसकेको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालप्रति नागरिकको विश्वास र भरोसा कायम रहेको भन्दै त्यसलाई गुम्न नदिने वातावरण बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अस्पताले प्रवाह गर्ने नियमित प्रशासनिक सेवासँगै समुदाय र नागरिकको रचनात्मक कामका लागि प्रदान गर्ने सेवा थप महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

सरोकारवालाबाट आएका जिज्ञासा र सुझावको बारेमा स्पष्ट पार्दै अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले प्रदेशस्तरका अस्पतालहरूको तुलनामा गुल्मी अस्पताल अब्बल रहेको दाबी गर्नुभयो । उहाँले आउँदा दिनमा अस्पतालमा अन्य सेवा विस्तार गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय