धनकुटा ,

शहिदभूमी गााउपालिका वडा नं ३ छिन्ताङ्गमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक दिने स्वास्थ्य शिविर भीमदल गण को विशेष पहल तथा संयोजकत्व , श्री नं २ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, डा. राम प्रसाद पोखरेल आँखा अस्पताल, हलेशी डेन्टल क्लिनिक लगायत स्थानीय निकाय तथा अन्य सरोकालवाला निकायहरुको संयुक्त प्रयासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

सर्व शुलभ स्वास्थ्यको पहुंच भन्दा टाढा रहेका स्थानीय जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरको श्री नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री महेश कुमार थापाज्यूले समुदघाटन गर्नु भएको थियो । साथै, उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, धनकुटाका उपप्रमुख सावित्रा राई, शहिदभूमी गाँउपालिका अध्यक्ष मनोज राई, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख युवराज कट्टेल, गणका गणपति प्रमुख सेनानी श्री सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी बल गुल्म, धनकुटाका स.प्र.ना.उ दिपक बलामी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तुल्सी कटेल, शहिदभूमी वडा नं ३ का वडा अध्यक्ष होमनाथ राई, जाल्पादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मातृका राई, स्थानिय बुद्धिजिवि तथा पत्रकारहरुको उपस्थिती थियो ।

उक्त स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका जम्मा २८१ जना स्थानिय स्वास्थय जाँच गराएका थिए । स्वास्थ्य शिविरबाट शहिदभूमी गा.पा. वडा नं ६ बस्ने जेष्ठ नागरिक बर्ष ९० का दल बहादुर राई र सोही गा.पा. वडा नं ३ बस्ने ११ महिनाका मलेन्स मगर लाभान्वित हुनु भएको आयोजकले जानाएको छ । ।

 

 सि.नं. बिरामीको प्रकार बिरामीको संख्या जम्मा संख्या कै.
महिला पुरुष बृद्ध/बृद्धा बालबालिका
साधारण स्वास्थ्य परीक्षण ३३ १४ १४ ११ ७२
नाँक, कान, घांटी (ENT) परीक्षण २१ १५ ५१
आँखा परीक्षण २२ २१ २७ ७५
दाँत (Dental) परीक्षण २४ १० ४६ ८३
काउन्सेलिङ्ग
जम्मा १०० ६० ५३ ६८ २८१  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय