धनकुटा पुस ३०,

धनकुटा नगरपालिका वडा नं १ हिले बजारमा रहेको श्री चन्चला देवि वहुउदेश्यीय दुग्ध सहकारी संस्था लि.को २८ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं १० का वडा अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षता , धनकुटा नगरपालिकाको मेयर चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभा सबै भन्दा बढी १० हजार ७ सय ४६ लिटर दुध उत्पादन गर्न सफल कृषक गजेन्द्र कार्कीलाई सम्मान गर्दै सम्पन्न भएको हो । त्यस्तै गरी ६ हजार ४ सय २३ लिटर दुध उत्पादन गर्न सफल सुर्य बहादुर विक , ५ हजार ९ सय ४३ लिटर दुध उत्पाद गर्न सफल फुल माया आलेलाई सम्मान गरिएको थियो । उनिहरुलार्ई क्रमस नगद ११ सय ,९ सय र ७ सय सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोहि अवसरमा संस्थामा गुणस्तरीय ६ फ्याट भन्दा माथीको भैसिको दुध ल्याउने कृषक माधव राई,गाईको दुध ल्याउने हरिमाया तामाङ र मिठ्ठे आलेलाई नगद ५ सय र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।यस्तै सहकारीको जेष्ठ सदस्य टेक बहादुर बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

साधारणसभाका प्रमुख अतिथि मेयर चिन्तन तामाङले सभालाई सम्बोधन गर्नु हुदै कृषि र पशुपालन बाट नै मुलुक समृद्ध बन्ने भएकाले धनकुटा नगरपालिकाले कृषिलार्य प्राथमिक्तामा राखेर अगाडि बढिरहेको बताउनु भयो । नगर प्रमुख तामाङले संस्थालाई भवन निमार्णका लागि नगरको तर्फ बाट १० लाख आर्थि सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।किसानको दुधको मुल्य हाल सहकारी र डिडिसिले उपलब्ध गराएको मुल्यमा वृद्धि गर्नु पर्ने भन्दै कृषकको मुल्य वृद्धि हुन सकिएन भने उत्पादन घट्ने भएकाले उत्पादन वृद्धिका लागि मुल्य वृद्धि हुनु पर्ने बताउनु भयो । साथै उहाँले कृषकले उत्पादन गरेको बस्तुको बजारीकरण तथा अनुदान दिने पक्षमा आफु रहेको बताउनु भयो । साधारणसभामा संस्थाका व्यवस्थापक भिम बहादुर मल्लले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकोआर्थिक वर्ष ०७८।०७९ को ५३ लाख ७१ हजार २ सय ८५ रुपैया २९ पैसा बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

यस्तै संस्थाले ०७८।०७९ मा ३ करोड ९० लाख ९५ हजार ९ सय २४ पैसा बराबर प्राप्ती भुक्तानी तथा नगद प्रवाह विवरण र संस्थाको यस वर्षको कुल कारोबार ३ करोड ४२ लाख ८८ हजार ४ सय ९५ रहेको व्यवस्थापक मल्लले जानकारी दिनुभयो । सभामा जिल्ला सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदी , संस्थाका पुर्व व्यवस्थापक रमेश बुढाथोकि , हिले माध्यमिक विद्यालयका शिक्षक दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा विभिन्न संघ संस्थाका पदाधिकारी ,शेयर सदस्यको उपस्थिति थियो । स्वागत मन्तव्य संस्थाका ऋण संयोजक श्याम कुमार खुलालले राख्नु भएको थियो । संस्थाको हाल २ सय ५५ जना शेयर सदस्य रहेकाछन भने दैनिक २५ सय लिटर दुध संकलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय