धनकुटा  ,
धनकुटाको शहिदभुमी गाउँपालिकाका ४ सय २८ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । जम्मा ६ सय १९ गरिव घरपरिवार मध्ये अहिलेसम्म विभिन्न वडाका ४ सय २८ परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका रोजगार संयोजक सिता पौडेलले जानकारी दिनुभयो ।

यसअघि प्रत्येक वडामा घुम्ति शिविर सञ्चालन गरि परिचयपत्र वितरण गरिएकोमा बाँकीलाई भने पालिकाबाटै दिन थालिएको उहाँले बताउनुभयो । गरिबी न्यूनिकरणका लागि नेपाल सरकारले ल्याएको अवधारणा अनुसार गरिब परिचयपत्र वितरण भईरहेको हो । यो परिचयपत्र पाउने परिवारले नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार गरिबी उत्थानका लागि विशेष सेवासुविधा पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय