धनकुटा
धनकुटामा “कोशी प्रदेश स्तरीय तथा खुल्ला दोस्रो धनकुटा कप” ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा चैत्र ८ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेश खुल्ला मेन्स सिङ्गल्स, खुल्ला ओमन सिङ्गल्स,मेन्स डबल,मिक्स डबल, खुल्ला नेपाल भेट्रान्स र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स गरि ६ वटा इभेन्टमा खेल हुने छ । प्रतियोगितामा प्रदेश खुल्ला मेन्स सिङ्गल्स र खुल्ला ओमन सिङ्गल्समा प्रथम हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले ४-४ हजार पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

त्यस्तै मेन्स डबल र मिक्स डबलमा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले ५-५ हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउने जनाइएको छ । खुल्ला नेपाल भेट्रान्स ४५ वर्ष माथि र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स ५५ वर्ष माथि प्रथम हुनेले २५ हजार , दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ५-५ हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउने धनकुटा जिल्ला ब्याडमिन्टन संघकाका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिनुभयो । सबै इभेन्टमा गरि करिव १ सय ८० टिमको सहभागिता हुने प्रतियोगितामा १५ लाख ५० हजार खर्च हुने आयेजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय