काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ मा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु भएको छ । ५ नम्बर वडा कार्यालयले वडाभित्र रहेको जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा कार्यालयले चैत ५, ६ र ८ गते ३ दिन वडा कार्यालय परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको वडाध्यक्ष विरेन्द्र प्रजापतिले बताए ।

वडा कार्यालयको रेकर्डमा ५५० जेष्ठ नागरिक वडाभित्र रहेका छन् । यो लिष्ट जेष्ठ नागरिक भत्ता लिनेहरूको भएको वडाअध्यक्ष प्रजापतिले बताए । तर, वडामा आयोजना भएको स्वास्थ्य शिविरको ३ सय जनाभन्दा बढीको रेकर्ड लिने उनले बताए ।

जेष्ठ नागरिकहरू विशेष गरी मधुमेह र उच्च रक्तचापबाट पीडितहरूको रेकर्ड राख्ने वडा कार्यालयकी स्वास्थ्य इन्चार्ज एलिना मास्के बताउँछिन् । उनले स्वास्थ्यकर्मीहरूले ३ सय हाराहारी रेकर्ड ल्याएको बताइन् । वडा कार्यालयले राखेको रेकर्डअनुसार विरामीलाई १ महिनाको पहिलो चरणमा औषधि दिने उनले बताइन् ।

तर, वडाध्यक्ष प्रजापतिले यस्तो औषधि निःशुल्क वितरण गर्ने योजना रहेको बताए । शिविर महानगरको स्वास्थ्य शाखा र वडा कार्यालयको योजनामा भएको हो । जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी लिने विषय महानगरको पाइलट प्रोजेक्टअनुसार यो पहिलो भएको प्रजापतिले बताए ।

वडा कार्यालयले पहिले पनि स्वास्थ्य शिविर राख्ने गरेपनि अहिले लक्षित वर्गको विषयमा भएको शिविर हुँदा आफूहरू खुसी रहेको जेष्ठ नागरिक गणेश मानन्धरले बताए । उनले वडा कार्यालयले निःशुल्क औषधि दिने विषयमा आफूहरू खुसी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय