धनकुटा
धनकुटामा आगामी बैशाखमा सहिदभीमनारायण गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
२०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्ड कपको यो १५ औं संस्करण हो । ०६३ साल यता बर्षेनी गोल्डकप सञ्चालन भइरहे पनि २०७६ यता प्रतियोगिता सञ्चालनहुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोगिता तीन बर्ष पछि पुनः सञ्चालन गर्न लागिएको हो । आयोजक समितिले प्रतियोगिताको पुरस्कार राशि पनि बढाउँने निर्णय गरेको छ ।
यस पटकको विजेताले ७लाख र उप विजेताले ३ लाख ५० हजार पाउँने मुल आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए । ‘पहिले विजेतालाई ५ लाख र उपविजेतालाई अढाई लाख दिएका थियौं,’ संयोजकप्रधानले भने, ‘प्रतियोगितामा थप आकर्षण बढाउँन यसपटक पुरस्कार राशिबढाएर ७ लाख पुर्याएकाछौं ।’

प्रतियोगिता सञ्चालनका लागि नौं वटा उपसमिति पनि निर्माण गरिएको छ । सम्भु प्रधानको संयोजकत्वमाआर्थिक संकलन, गोविन्द राईको संयोजकत्वमाफिल्डव्यवस्थापन, विनय राईको संयोजकत्वमामञ्चतथाअतिथि स्वागत, विदुर खवासको संयोजकत्वमाप्रचार प्रसार तथामिडियाव्यवस्थापन र रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयंसेवकतथा गेट व्यवस्थापनउपसमितिनिर्माण गरिएको छ ।
त्यस्तै, नविनकिशोर शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य उपचार, रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम तयारी, शिशिर श्रेष्ठको संयोजकत्वमा सचिवालय सञ्चालन र सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति निर्माण गरेर तयारी थालिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय