धनकुटा ,

धनकुटाको हिलेमा जारी १६ औं आमन्त्रित् कोशी प्रदेश जिल्ला स्तरिय रामनवमी कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी झापा जिल्ला भलिवल संघले चुम्न सफल भएको हो । विहिवार धनकुटाको हिलेमा सम्पन्न फाईनल खेलमा झापा जिल्ला भलिवल संघले भोजपुर जिल्ला भलिबल संघको भलिवल टिमलाई पराजित गर्दै नगद १ लाख नगद सहित उपाधी चुम्न सफल भएको छ ।

हिले माविको खेल मैदानमा भएको १ नम्वर प्रदेश जिल्ला स्तरिय रामनवमी कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७९ को फाईनल खेलमा झापा जिल्ला भलिवल संघको टिमले वेष्ट अफ फाईभको प्रतियागितामा अत्यान्त्यै प्रतिष्पर्धात्मक र रोमाञ्चक ढंगले खेल खेल्दै नगद सहित उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । झाप जिल्ला भलिवन संघको टिमले भोजपुर जिल्ला भलिवल संघको टिमलाइ दोश्रो, तेश्रो र चौथों सेटमा क्रमशः २५–२०, २५–२१ र २५–२१ को अन्तर पार्दै जित हात पार्न सफल भएको हो । उस्ले नगद १ लाख सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी भोजपुर भलिवल संघको भलिवल टिमले झापा जिल्ला भलिवल संघको टिमलाई पहिलो सेटमा २५–२१ को अन्तरमा जित हासिल गरेपनि दोश्रो स्थान मै चित्त वुझाउनु प¥यो । उस्ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सर्वोकृष्ठ खेलाडीमा झापाका भरत यादब घोषित भए । त्यसैगरी वेष्ट लिफ्टरमा झापा कै राजन लिम्वु (मुस्कान), वेष्ट डिफेन्समा भोजपुरका रोशन राई घोषित भए । वेष्ट ब्लकरमा झापाका रोहित सिवाकोटी र वेष्ट स्पाईकरमा भोजपुरका राजकुमार तामाङ घोषित भएका थिए । सर्बोकृष्ठ खेलाडीलाई नगद ३ हजार, अन्य विधाका खेलाडीहरुलाई जनही २ हजारका दरले नगद र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सवै टिमका खेलाडीहरुलाई खाने वस्ने र यातयात भाडाको समेत व्यवस्था आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, भीमदल गण सल्लेरी धनकुटाका प्रमुख सेनानी कर्णेल सुमन थापा, पाख्रीवास नगरपालिकाका मेयर ज्ञानवहादुर गुरुङ, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, धनपा वडा नं.१ का वडाध्यक्ष ओङदा तामाङ, उधोग वाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ लगायतले विजयी खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगीतामा जिल्ला भलिवल संघ धनकुटा, झापा, मोरङ, सुनसरी, खोटाङ, संखुवासभा, तेह्रथुम र भोजपुर गरी जम्मा ८ वटा टिमले प्रतियोगीतामा भाग लिएका थिए । प्रतियोगीता समापन समारोह हिले भलिवल क्लवका अध्यक्ष सन्जिव तितुङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाकी उपाध्यक्ष एवं रेडियोकर्मी मानवी मोक्तानले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय