धनकुटा,

धनकुटाको सहिदभुमी गाउँपालिका ६ नं वडा कार्यलयको आयोजनामा उदघोषण तथा नेतृत्व विकास सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । चैत १५ गतेदेखि शुरु भएको तालिमको आज समापन गरिएको हो ।

वडा अध्यक्ष हेमकुमार राईको अध्यक्षतामा सञ्चालित तालिममा ६ नं वडाका २५ जनाले सहभागिता जनाएका थिए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सहिद भुमि गाउँपालिका अध्यक्ष मनोज राई , विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सहभागी प्रशिक्षार्थीहरुलाई बधाई दिदै प्रमाण वितरण गरेका थिए । तालिममा बलराम दाहालले प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रमको सञ्चालन वडा सचिव पदम प्रसाद दाहालले गर्नुभएको थियोे । तालिममा सहभागीहरुले समापन कार्यक्रममा बोल्दै तालिम प्रभावकारी भएको भन्दै आगामी दिनमा लामो समय यस्तै तालिम निरन्तरताको लागि वडालाई सुझाव दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय