धनकुटा बैशाख ३१
धनकुटाको सहिदभुमि गाउपालिकामा ७ दिने प्रारम्भिक बालविकास ९भ्अम० सहजकर्ताहरुको पेशागत क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिममा बालविकास केन्द्रका सहजकर्ताहरुका लागि स्थानिय स्तरमा रहेका सामाग्रीहरुको उपयोग गरी कक्षा कोठाको सजावट ,आकर्षित कक्षा कोठा कसरी निमार्ण गर्ने ,बालविकास र बाल अधिकार ,बाल मनोविज्ञान ,सहजकर्ताका काम कर्तव्यका विषयमा तालिममा सहजिकरण गरिएको तालिमका सहजकर्ता कृष्ण खतिवडाले बताउनु भयो ।

 

बालवालिकाहरुको शारीरिक विकास ,सामाजिक विकास ,बौद्धिक विकास , संवेगात्मक विकास , भाषिक विकास ,साँस्कृतिक विकासका विषयमा पनि बालविकासका सहजकर्ताहरुलाई जनकारी गाराएको थियो । यस्तै गरी अभिभावकको सचेतना सम्बन्धि र गित ,खेल वा कथाहरुको माध्यम बाट बालवालिकालाई कसरी सिकाउने भन्ने विषयमा ७ दिने तालिमा बालविकासका सहजकर्ताहरुलाई सहजिकरण गरेका थिए ।

तालिमको गाउपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा आइताबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नविन कार्की ,तालिमका सहजकर्ता सृर्जना सत्याल लगायतको उपस्थिति थियो । तालिममा सहिदभुमि गाउपालिकाको २० जना बालविकास सहजकर्ताको सहभागिता थियो भने तालिम सहिदभुमि गाउपलिकाको आयोजना तथा दक्षिणा रिसर्च एण्ड सेन्टर इटहरीको प्राबिधिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय