काठमाडौं । उमा नेपालका कराते खेलाडीहरूले ६ वटा अन्तर्राष्ट्रिय पदक जितेका छन् । १४ मे २०२३ मा बेलायतको ग्लोष्टर शहरमा भएको युमा युरोपियन प्रतियोगितामा नेपालकातर्फबाट खेलेका खेलाडीहरूले ६ वटा पदक जित्न सफल भएका हुन् ।

जसमा जापानीज फमको कातामा स्वर्ण पदक शान्ति लामाले जितिन् । उनले सेमी कन्टाक्ट प्वाइन्ट कुमितेतर्फ कास्य पदक जितिन् । त्यस्तै बिमलप्रसाद थपलियाले पनि सेमी कन्टाक्ट प्वाइन्ट कुमितेतर्फ कास्य पदक जिते । सेमी सेमी कन्टाक्ट प्वाइन्टमै कुमित तर्फ कास्य पदक कुसुम ढकालले पनि जिते ।

कमल मगरले चाइनिज फम खालिहाततर्फ स्वर्ण पदक र (हतियार सहित) कास्य पदक जिते । कृष्ण अर्याल अफिसियलतर्फका उमा कुङ्कुबाट खेलाडीको रूपमा रहेका थिए । आलोक बडालले टिम ब्यवास्थापकको जिम्मेवारी लिएका थिए । भने सुरेन राइ व्यवस्थापक थिए ।

उक्त प्रतियोगिताको उमा नेपालका संस्थापक अध्यक्ष सुरेश बैद्य र असुराज श्रेष्ठ रेफ्रि तथा जजको भुमिका निर्वाह गरेका थिए । त्यसै सन्दर्भमा उमाका ग्राण्ड मास्टर तथा वर्ल्ड प्रेशिडेन्ट रिचर्ड हपकिन्स र उमा नेपाल संस्थापक अध्यक्ष सुरेश बैद्य ज्यूलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय