धनकुटा जेठ ३०

युवा पुस्तालाई बद्लिदो सूचना प्रविधिको युगमा अभ्यस्त वनाउने उदेश्यले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धनकुटाको आयोजनामा ‘पत्रकारिता तथा मल्टिमिडिया सम्वन्धि’ ५ दिने तालिम धनकुाटको राजारानीमा सोमवार देखि शुरु भएको छ ।
चौविसे गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा ५ दिने ‘पत्रकारिता तथा मल्टिमिडिया’ तालिम आयोजना गरिएको हो । तालिममा चौविसे गाउँपालिका भित्रको ८ वटा वडाबाट १६ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको छ ।

अघिल्लो वर्ष ‘पत्रकारिता तथा मल्टिमिडिया’ सम्वन्धि तालिममा सहभागी गराएका प्रशिक्षार्थिहरुलाई यो वर्ष पुनःर्ताजकी तालिम दिइएको फोनिज धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङले बताउनु भयो ।

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् ।
तालिमको उद्धघाटन चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गर्नु भएको थियो । तालिम उद्धघाटन समारोहमा पालिका उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहाल, लेखा अधिकृत सोवित तुम्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय