धनकुटा

सहिदभूमि गााउपालिका वडा नं ७ ले आर्थिक वर्ष २०७९/०८० को बिनियोजित बजेट २१ लाख ७७ हजार बाट विभिन्न काम गर्न सफल भएको छ । वडाले कृषि तर्फ बख्राको खोर / गोठ सुधार साझेदारी अनुदान २ लाखले कृषक इन्दिरा थापाको खोर निमार्ण १ लाख र कमल बहादुर राईको खोर निमार्ण १ लाख ,

गैरी टोल कृषि भवन निमार्ण ७५ हजार ,
शिक्षा तर्फ सिद्धदेवि मावि कम्प्युटर कक्षा सञ्चालन ३ लाख ,सिद्धदेवि मावि वालउघान निमार्ण ५० हजार योजना सम्पन्न भएको छ । यस्तै संकृति तर्फ वडाको मटेनीमा सिहंदेवि मन्दिर निमार्ण ५० हजार , वडाको नम्वुलामा देवि थानको टहरा निमार्ण ५० हजार ,
खानेपानी तथा सरसफाइ तर्फ पाइप खरिद कार्यक्रम तथा वितरण ५ लाख २२ हजार ,खानेपानी टंयाकि निमार्ण डाँडाकटेरी १ लाख बजेट संसोधन गरी एचडिपि पाइप खरीद , खानेपानी टंयकी निमार्ण सिद्धटोल १ लाख ,पखा खानेपानी भवन मर्मत ८० हजार बजेट संसोध गरी वोङ्ग चिउरी खानेपानी आयोजना संचालन पाखाटोलमा एचडिपि पाइप हस्तान्तरण ,युवा खेलकुद तथा पुर्वाधार विकास कार्यक्रम तर्फ २ लाख बाट खेलकुद प्रतियोगिता सम्पन्न ।

लक्षित तर्फका कार्यक्रम बाट महिला तर्फ टपुदेवी महिला समुहलाई ३० हजारको फनिचर खरिद गरी वितरण ,दलित तर्फ गरिवीको रेखा मुनी रहेको ६ घरपरिवारलाई आर्थिक स्तिर उठाउन उन्नत जातको १/१ वटा बाख्रा वितरण , आदिवासीजनजाती ८० हजार बाट टपुदेवि थानमा ४0 केजिको घण्टि स्थापना ,जेष्ठ नागरीक ३० हजार कार्यक्रम सम्पन्न । बालबालिका तर्फ २ लाख बराबरको कार्यक्रम तथा योजना सञ्चालन , कार्यलय व्यवस्थापन १ लाख ,मेशेनरी औजार खरिद १ लाख ,र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी १ लाख संसोधन गरी टपुदेवि मावि चाम्चालाई विधुतिय औजार खरीद गरी वितरण गरिएको वडा अध्यक्ष बम बहादुर राईले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय