धनकुटा असार १६,
धनकुटाको सहिदभूमी गाउपालिकामा असार १३ गते देखि १५ गते सम्म सञ्चालन भएको प्रथम महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्मपन्न भएको छ ।
सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन आयोजित प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुुक्रबाार सम्पन्न भएको हो । सुक्रबार भएको महिला तर्फ वडा नं १ र ५ बिच भएको फाइनल खेलमा १५–६ अन्तरले वडा नं ५ बिजयी भएको छ । पहिलो सेट २८–२५ ,दोस्रो सेट २५–१७ ,तेस्रो सेट १७–२५ , चौथो सेट २५–१९ ,पाचौ सेट १५–६ अंक सहित चार सेटमा जिद निकाल्दै प्रथम अध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पार्न वडा नं ५ सफल भएको हो ।

यस्तै पुरुष तर्फको फाइनल खेलमा वडा नं १ र वडा नं ३ बिच भएको खेलमा वडा नं १ बिजयी भएको छ । वडा नं १ ले ३ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७ , तेस्रो सेट २७–२५ ले वडा नं १ विजयी भएको हो । महिला तर्फ वडा नं ५ प्रथम हुदै नगद ४५हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । दितिय वडा नं १ ले नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाएको छ भने तृतिय हुने वडा नं ४ लाई १५ हजार ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै पुरुष तथर्फ प्रथम हुने वडा नं १ ले नगद ४५ हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाएको छ । खेलका दितिय भएको वडा नं ३ लाई नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र र तृतिय वडा नं २ लाई १५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
खेल समापन कार्यक्रममा गाँउपालिका अध्यक्ष मनोज राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की ,वडा अध्यक्षहरु रमेश कुमार राई , सफल राई , आदेश राई , होम बहादुर राई , कार्यपालिका सदस्य सोम राना लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । खेल समापन कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष मनोज राईले पालिका भित्र सम्भावना बोकेका खेलाडीले आफ्नो खेल देखाउने मौका मिलेको भन्दै बर्सेनि निरन्तर प्रतियोगिता आयोजना गरिने बताउनु भयो । पालिकाको पञ्चकृषण माविको प्राङ्नमा सञ्चालन भएको थियो खेल तालिका अनुसार विहान ७ बजेबाट सुरु हुनुपर्नेमा वर्षातका कारण केहि बेर रोकिएर बेलुका साझ सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय