काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अस्तु आफूहरूले नेपाल ल्याएको बताएका छन् । ४५औं स्मृति दिवसको अवसरमा एमाले काठमाडौं महानगर कमिटीले पुष्पलाल पार्क डल्लु पुलमा आयोजना गरिएको कार्यक्रममा उनले भारतमा मृत्यु भएको श्रेष्ठलाई नेपालमा ल्याउनसमेत नदिएको बताए ।

उक्त समयमा लुकीछिपी आफूहरूले श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्त्येष्टि गरिएको बताए । उनले भने, ‘आफूहरूले लुकिछिपी भारतबाट शव ल्याउन सफल भयौं तर, भोटाहिटीबाट पशुपतिसम्म लानसमेत लुकिछिपी जान पर्‍यो ।’ उनले अहिले उनै श्रेष्ठको स्मृतिमा एमालेले देशव्यापी कार्यक्रम आयोजना गरिरहेको बताए ।

पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार कार्यक्रम गर्न महासचिव शंखर पोखरेल गएको र काठमाडौंमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो कार्यक्रम गरिने उनले बताए ।

पूर्वमन्त्री तथा एमाले काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आफ्नो दाइ गंगालाललाई राज्यले मारेपछि पुष्पलालले संगठन निर्माण सुरु गरेको बताए । रगतले मृत्युका लागि हस्ताक्षर गरेर उनले एक्लै संगठन विस्तार सुरु गरेको भन्दै पोखरलेले राणा शासनलाई अन्त्य गर्ने ठुलो आँट गर्ने पुष्पलाल महान व्यक्ति भएको बताए । श्रेष्ठकै नेतृत्वमा काठमाडौंमा पहिलो जनआन्दोलन सुरु गरेको उनले बताए ।

त्यस्तै पूर्वमन्त्री एवं काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले देशको इन्जिनियरिङ श्रेष्ठले गरेको बताए । विश्वमा आन्दोलन चलिरहेको समयमा नेपालमा राजनीतिक इन्जिनियरिङ गर्ने र देश विकासको परिकल्पना श्रेष्ठले गरेको उनको दाबी छ । श्रेष्ठ जस्तो राजनेता नेपालका कमै भएको उनले बताए । उनले एमालेले पुष्पलालले देखेको सपना र उनले कोरेको राजनीतिक बाटोबाटै अघि बढीरहेको बताए । उनले नेपालको राजनीति मुलत पुष्पलालकै योजनाअनुसार अघि बढी रहेको बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको पूर्वमेयर विद्यासुन्दर शाक्यले पुष्पलालले नेपालमा कांग्रेसबाट देशको परिवर्तन सम्भव नभएको भन्दै कम्युनिष्ट पार्टी खोल्न ठुलो आँट गरेको बताए । तर, उनको जीवनको उत्तराद्र्धधमा सबैले गाली गरेपनि अहिले सबै कम्युनिष्ट पार्टीले सम्मान गर्ने व्यक्तिको रूपमा स्थापित भएको बताए । व्यक्तिलाई मरणोउप्रान्तभन्दा जीवन कालमै सम्मान गर्नुपर्ने उनले बताए । पुष्पलालकै योजना २०४६ सालको जनआन्दोलन सफल भएको सुनाउँदै शाक्यले श्रेष्ठले अवलम्बन गरेको नीतिहरू आज पनि उत्तिकै सान्र्दभिक र आवश्यक भएको बताए ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले कम्युनिष्ट पार्टी मात्र समाज परिवर्तनको अगुवा भएको तथ्य स्थापित गरेको बताए । समाज परिवर्तनका लागि पुष्पलालले सारेको योजनाले अहिले पनि आम युवा वर्गमा उर्जा प्रदान गर्ने उल्लेख गरे ।

त्यस्तै काठमाडौं महानगर कमिटी उपाध्यक्ष तथा १८ नम्बर वडाका वडाध्यक्ष न्हुँछेकाजी महर्जनले पुष्पलाल भूमिगत समयमा आफ्नै टोलबस्तीमा लुकेर बसेको स्मरण गरे । आफूहरूले पुष्पलाललगायत अन्य नेताहरूलाई पनि यसरी नै सम्झदै आएको बताए । उनले मदन भन्डारी, मनमोहन अधिकारीलगायत सबै नेताहरूलाई सम्झदै आएको बताए ।

कार्यक्रमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा अन्य पार्टीको नेताहरू उपस्थित रहेका थिए । कार्यक्रमा माधव कुमार प्रधानले श्रद्धाञ्जली गित गाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय